निरंकुश हत्यारा ओलीलाई जेन्जी पुस्ताले कुनैपनि नेतृत्वमा देख्न चाहदैनःरक्षा बम

नेपाल दर्पण, काठमाडौं ।

जेन–जी आन्दोलनकी अगुवा रक्षा बमले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई तुरुन्तै कारबाही हुनुपर्ने उनको माग गरेकी छिन । जेन–जी आन्दोलनको क्रममा आफ्ना साथीहरुलाई टाउकोमा ताकी ताकी गोली हानी हत्या गरेको भन्दै ओलीलाई पहिलो कारबाही हुनुपर्ने उनको माग छ । उनले अब ओलीलाई कुनैपनि नेतृत्वमा आफुहरुले देख्न नचाहेको पनि टिप्पणी गरिन् ।

मिडीयाँसँग कुरा गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, ललिता निवास, वाइडबडीलगायतका काण्डमा आवद्ध भएकाहरुलाई कारबाही हुनुपर्ने माग गरिन् । उनले आफूलाई ओलीप्रति त्यस दिनको घट्नाको कारण आक्रोश रहेको सुनाईन् । उनले भनिन्,”उहाँलाई अब हाम्रो शासकका रुपमा त झनै देख्न चाहँदैनौं । शासक आँफैमा एउटा निरंकुश शब्द हो ।”

उनले पाका नेताहरुले अब नेतृत्व छाड्नुपर्ने माग गरिन् । देशका पाका नेताहरुले कालो सिसावाला गाडीमा सवार गर्ने गरेको भएपनि सडकमा जनताको आक्रोशको तह कुन हदसम्म बढेको थियो भन्ने थाहा नै नपाएको पनि उनको भनाई छ । लोकतन्त्रमा निषेध हुन नहुने बताएकी छिन् । उनले दलका नेताहरुलाई सोही दलका साथीहरुले प्रश्न गरेर सुधारेर ल्याउनुपर्नेमा जोड दिईन् । उनले भ्रष्टाचार गर्ने हरेक नेताहरुलाई कारबाही हुनुपर्ने बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *