छानबिनको दायरा आए ओली र लेखक, विदेश जान र काठमाण्डौ छाड्न रोक्का

नेपाल दर्पण, काठमाडौं ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनासम्बधी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई विदेश जान रोक लगाउन सिफारिस गरेको छ । साथै, आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न भनिएको छ । जाँचबुझ आयोगको आइतबार (असोज १२) बसेको निर्णयले विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको हो ।

“अनुसन्धानको दायरामा रहेको हुँदा विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्ने गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,“ आयोगको निर्णयमा भनिएको छ ।

यता, आफ्ना नेता ओलीमाथि रोक लगाएपछि नेकपा (एमाले)ले जेनजी आन्दोलनको जाँचबुझ आयोगले पार्टी अध्यक्षको राहदानी रोक्न गरेको सिफारिस प्रतिशोधपूर्ण भएको निचोड निकालेको छ । आइतबार (असोज १२) भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले दसैँको सम्मुखमा प्रतिशोधपूर्ण निर्णय भएको बताए ।

सरकारको पछिल्लो घटनाले राजनीतिक दलहरूलाई प्रतिशोध साधिरहेको बताए । “सरकार राजनीतिक प्रतिशोधमा जान खोजेको संकेत हामीले देखेका छौँ । राजनीतिक दललाई निषेध गरेर जाने कुरा देखेका छौँ,” उनले भने । दलहरूसँग छलफल नगरी निषेधको बाटोमा हिँडेको बताए ।
यस्तै, राष्ट्रिय युवा संघ, नेपालले एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । युवा संघका अध्यक्ष क्षितिज थेवेले आज एक विज्ञप्ती निकाल्दै पार्टीका अध्यक्ष ओलीको राहदानी रोक्का गर्ने भनेर वर्तमान सरकारले गरेको निर्णयप्रति चासो र आपत्ति प्रकट गरेका हुन् ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

1 day ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

2 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

4 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.