अर्को जेनजी आन्दोलन भयो भने कोतपर्वलाई बिर्साउछ, नेताहरु बच्दैननः दीक्षित


नेपाल दर्पण, काठमाडौं ।
अर्को जेन–जी आन्दोलन भयो कोतपर्वलाई बिर्साउने खालको हुने नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले बताएका छन । उनले यसपटकको जेन–जी आन्दोलन शुद्धीकरणको अभियान भए पनि दवाइएको बताएका छन् । मिडीयामा बोल्दै उनले अब अर्को जेन–जी आन्दोलन कोतपर्वलाई बिर्साउने खालको हुने पनि उनले चेतावनी दिए ।
अबको जेन–जी आन्दोलनमा अहिले कुटाइखाएका, भागेर ज्यान बचाएका नेताहरु कोही पनि बाँच्न नपाउने उनले बताएका छन । अहिलेको शुद्धीकरणको आन्दोलनलाई यिनले दवाइदिए । अर्को रिभोलुशन सत्ताका लागि नै यिनीहरु अगाडि बढ्नेवालामा छन् । त्यसबेलामा यिनीहरुको ज्यान पनि बच्नेवाला छैन । यसपाली ज्यान त बच्यो । तर, अर्को आन्दोलनमा भयंकर विद्रोह हुन्छ ।
उनले भनेका छन, ‘घुसपैठ नभइकन जेन–जीले साँच्चिकै विद्रोह गरे भने त त्यसबेलामा यसपाली जति नेताहरु ज्यान बचाएर बसेका छन्, कोही भागे, कोहीले कुटाइमात्रै खाए । तीहरु अर्को आन्दोलनमा कोत पर्व र फ्रेन्च रिभोलुशनलाई विर्साउने गरिकन विद्रोह हुनसक्छ । यो अवस्था आउँछ । त्यसैले अब नेताहरु सजग हुन आवश्यक छ ।