माओवादीको केन्द्रीय समिति भंग, प्रचण्ड अध्यक्ष रहेनन बने संयोजक

नेपाल दर्पण, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति भंग गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति भंग गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा केन्द्रीय कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशनमा जाने निर्णय भएको हो ।

बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ । केन्द्रीय समिति भंग भएसँगै अध्यक्ष प्रचण्ड स्वतः संयोजक बनेका हुन् । पदाधिकारी सबै विघटन गरेर महाधिवेशन आयोजक समिति सदस्य बनेका छन् । अन्य सबै समितिका प्रतिनिधि निर्वाचनबाटै चुनिने नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

केन्द्रीय समिति भंग भएपछि ‘प्रचण्ड’ले आफू अब पार्टीको अध्यक्षको रूपमा नरहेको बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय समिति बैठक समापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू अब पार्टीको अध्यक्ष पदमा नरहेको र महाविधेशन आयोजक समितिको संयोजक बनेको बताए । बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन सफतापूर्वक सम्पन्न गराउनका लागि सरकारलाई सहयोग गर्ने पनि निर्णय पनि गरेको छ ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

2 days ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

3 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

5 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.