प्रवाशी नेपालीले मतदान गर्नसक्ने व्यवस्था गर्दै सरकार !


नेपाल दर्पण, काठमाडौं ।
रोजगारीको सिलसिलामा देशबाहिर रहेका प्रवाशी नेपालीहरुले विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाबारे सरकारले बहस चलाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले गृह मन्त्रालयले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिनेबारे कार्यदल नै बनाएर अध्ययन गरिरहेको बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा भनेकी छिन ।
रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपाली नागरिकलाई विदेशमासमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको प्रधानमन्त्री कार्कीले जानकारी गराइन् । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तीनका हकहितको संरक्षण एवं गैरनेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको उनले सम्बोधनको क्रममा बताएकी हुन् ।