बालेन्द्र शाह प्रधानमन्त्री सुशीला कार्कीमाथि खनिए

नेपाल दर्पण, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह प्रधानमन्त्री सुशीला कार्कीमाथि खनिएका छन । उनले जेन–जी आन्दोलनका क्रममा गोली हान्न आदेश दिनेहरुमाथि कारबाही नगरिएको भन्दै असन्तुष्टि जाहिर गरेका छन् । बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग दुई घण्टा लामो छलफल गरेका बालेनले जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछि उनीहरुमाथि नभएको कारबाहीको बारेमा विशेष चासो देखाएका थिए ।

उनले गत भदौ २३ गते जेन–जी प्रदर्शनकारीमाथि गोली चलाउने र गोली चलाउन आदेश दिनेमाथि छानविन गर कारबाहीको लागि प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको बताइएको छ । बालेनले जेन–जीका मागहरु सम्बोधन गर्नुपर्ने विषयमा पनि प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए । ‘सरकार गठन भएको यतिका दिन भइसक्दा पनि गोली चलाउनेहरू र आदेश दिनेहरू अहिलेसम्म पक्राउ नपरेको भन्दै उहाँ (बालेन) ले प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउनु भयो । उहाँले जेन–जी आन्दोलनका पीडित परिवारहरुमा असन्तोष बढ्दै गएको बारेमा पनि प्रश्न पठाउनुभएको छ,’– बालेननिकट स्रोतले भन्यो ।

जवाफमा प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको मागप्रति आफू गम्भीर र विशेष चनाखो रहेको बताएकी थिईन् । उनले सो आन्दोलनको दोषी कसैले पनि उन्मुक्ति नपाउने आश्वासन दिएको बताइएको छ ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

2 days ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

3 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

5 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.