महानायक राजेश हमाललाई परराष्ट्रमन्त्री बनाउन घनिभूत छलफल

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्मा महानायक राजेश हमाललाई आफ्नो टिममा ल्याउने गृहकार्य गरेको जानकारी आएको छ । हमाललाई परराष्ट्रमन्त्री बनाउने चर्चा चलेको छ । सामाजिक सञ्जालमा समेत उनलाई परराष्ट्रमन्त्री बनाउनुपर्ने आवाज उठ्न थालेको छ । यद्धपी हमालले भने यसबारे कुनै लविङ गरेका छैनन् । स्मरण रहोस कार्कीले आज दोस्रोपटक विस्तार गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज चार जनालाई नियुक्त गरेसँगै उनी नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ । अझै केही महत्वपूण मन्त्रालय प्रधानमन्त्री कार्कीकै नेतृत्वमा छन् ।

महानायक हमाल भने यतिवेला अष्ट्रेलियामा छन् । हमाल कुटनीतिक परिवारबाट प्रतिनिधित्व गर्छन् । उनका पिता स्वर्गीय चुडाबहादुर हमाल राजदूत भैसकेका व्यक्तित्व हुन् । हमालका पिताले पाकिस्तानको लागि राजदुत भएर काम गरेका थिए । चुडाबहादुर रसियामा पनि काम गरिसकेका व्यक्तित्व हुन् । हमाल पनि अंग्रेजी साहित्यमा गहिरो रुचि राख्ने कलाकार हुन् । उनी नेपाली चलचित्र उद्योगमा अध्ययनशील कलाकारको रुपमा परिचित छन् । हमालले विभिन्न कामको सिलसिलामा विश्वका धेरै देशको भ्रमण गरिसकेका छन् ।

प्रधानमन्त्री कार्कीले सकेसम्म एक÷दुई दिनभित्रै अरू तीन जना मन्त्री नियुक्त गर्ने तयारी गरेकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा डा. संगीता कौशल मिश्राको नाम सिफारिश भएको थियो । तर, अन्तिममा उनी अख्तियारको छानबिनमा रहेको भन्दै बालुवाटारको आग्रहपछि उनको नाम मन्त्रीबाट काटिएको हो । प्रधानमन्त्री कार्कीको नेतृत्वमा अहिले परराष्ट्र; रक्षा; खानेपानी; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; वन तथा वातावरण; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छन् । यीमध्ये परराष्ट्र मन्त्रालयको नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्कीले आफ्नो टिमसँग हिजोबाट घनिभूत छलफल गरेकी छिन् । कतिपयले महानायक राजेश हमालको नामसमेत लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *