गोली हान्ने आदेश दिएको थिएन, स्वचालित हतियारले गोली हानियोःओली

नेपाल दर्पण, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीले गत साता गरेको आन्दोलनमा घुसपैठ भएको बताएका छन् । ओलीले भनेका छन–“गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो, आह्वान कर्ताले भनेझैं ।

उनले भनेका छन, त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु ।”

उनले संविधान दिवसको दिनमा दिएको शुभकामना सन्देशमा भनेका छन, जेन जी आन्दोलनका कारण सैनिक ब्यारेकमा बसेका ओली हिजोमात्रै सार्वजनिक भएका हुन् । उनी भक्तपुरमा डेरामा बसेका छन् । आज संविधान दिवसको अवसरमा ओलीले शुभकामना दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *