जेन–जी आन्दोलनकारीलाई जेल हाल्न खोजिए अस्विकारःप्रवेश दाहाल


नेपाल दर्पण, काठमाडौं ।
जेन–जी आन्दोलनका अगुवा प्रवेश दाहालले आफूहरुले अघि सारेका माग पूरा गर्नुपर्ने दबाब दिएका छन् । उनले भने,‘शहीदले देखेको सपना पूरा गर्नुपर्छ । त्यसको लागि घाईते र शहीद हुनुपरेपनि म तयार छु । म मर्दैमा शान्ति र सुरक्षा, हामी गर्न सक्छौं । मुलुक विषम परिस्थितिलाई हेरेर र मुलुकको भोलिको भविष्य हेरेर अघि बढ्नुपर्छ । देश आज शून्यताको स्थिति छ । स्थिरतामा बदल्नुपर्छ । देशले परिवर्तन चाहेको छ । हामी प्रजातन्त्र मान्ने मान्छे हौं ।’ सो क्रममा अबको चार÷पाँच दिन आफू मिडियामा नदेखिनेसमेत प्रतिबद्धता जनाए ।
युवा पुस्ताको यो बलिदानीबाट प्राप्त परिवर्तनलाई बौद्धिक व्यक्तिले साथ दिनुपर्ने र आफूहरुको माग पूरा गर्नुपर्छ भन्ने उनको मत छ । उनले तत्काल संविधान शोधन गर्न आग्रह गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरिनुपर्ने पनि बताए । आन्दोलनको क्रममा दमन गर्नेे र बल प्रयोग गरेको तत्कालिन सरकारलाई कारबाही गर्नुपर्ने पनि आफूहरुको माग रहेको दाहालको भनाई छ ।
यस्तै, तत्काल प्रदेश खारेजी गर्नुपर्ने र २०४७ सालपछि सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचार गरेकाहरुको सम्पत्ति राज्यको नाममा ल्याउनुपर्ने पनि अर्को माग रहेको उनले सुनाए । संवैधानिक आयोगमा राजनीतिक नियुक्ती खारेजी गरिनुपर्ने, विश्वविद्यालय स्ववियु तथा विद्यार्थी संगठन हटाउनुपर्ने, विशेषज्ञहरुको टोलीको मन्त्री बनाउनुपर्नेलगायतका अन्य माग रहेको पनि उनले सार्वजनिक गरे ।
जेन–जी आन्दोलनकारीलाई जेल हाल्न खोजिएको भन्दै सरकारले त्यस्तो कदम चाले अस्विकार गर्ने उनको चेतावनी छ । उनले भने,‘यही आन्दोलनको कारण मुलुकमा नयाँ पद्धती आउन थालेको छ । जेन–जी ले आन्दोलनमा नेपाली जनताले साथ दिएको छ । यसको मर्मलाई आत्सात गरिनुपर्छ ।’ आज संविधान दिवसको अवसरमा आयोजित एक विशेष साक्षात्कारमा बोल्दै उने युवाहरुको बलिदानीलाई खेर फाल्ने काम नगर्न चेतावनी दिए ।