सेनाको शरणबाट बाहिरिए ओली, भाडाको घर खोज्दै

नेपाल दर्पण, काठमाडौं ।

गत भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक व्यारेकबाट बाहिरिएको खबर आएको छ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि उनी सेनाको शरणमा बसेका थिए । स्रोतका अनुसार उनी आज सेनाको ब्यारेकबाट फर्किएका हुन् ।

‘जेनजी’ आन्दोलनका क्रममा उनलाई शिवपुरीस्थित सैनिक कमाण्ड एन्ड स्टाफ कलेजमा राखिएको थियो । त्यहाँबाट बाहिरिएर उनी भक्तपुरको सूर्यविनायकमा पार्टीका युवाको सुरक्षामा बसेको बताइएको छ । ओली महेश बस्नेतको एरिया गुण्डुतिर डेरा सरेको बताइएको छ । गुण्डुमा उनका निम्ति एउटा घर भाडामा लिएको बताइएको छ । अध्यक्ष ओलीको बालकोटस्थिति निवास भने जेन–जी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको छ ।

नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासल प्रांगणमा शुक्रबार कार्यक्रम गर्दै छ । बिहान ८ बजेका लागि कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने नहुने विषयमा नेताहरू अन्योलग्रस्त देखिएका छन् । उनी भोलि सार्वजनिक होलान् त ? नेकपा (एमाले)निकट प्रेस चौतारी नेपालले शुक्रबारको कार्यक्रममा ओली उपस्थित हुने दाबी गरेको छ । प्रेस चौतारीका महासचिव हिरामान लामाले ओली उपस्थित हुने भन्दै एक सूचना जारी गरेका छन् । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने भोलिको कार्यक्रममा अध्यक्ष ओली उपस्थित हुने सम्भावना नरहेको बताए । “अध्यक्ष भोलिको कार्यक्रममा उपस्थित हुनुहुन्छ भन्ने लाग्दैन । पूर्ण सुरक्षाको प्रत्याभूति हुनुप¥यो नि,” उनी भन्छन् ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

12 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.