नेपाल दर्पण, काठमाडौं ।
गत भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक व्यारेकबाट बाहिरिएको खबर आएको छ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि उनी सेनाको शरणमा बसेका थिए । स्रोतका अनुसार उनी आज सेनाको ब्यारेकबाट फर्किएका हुन् ।
‘जेनजी’ आन्दोलनका क्रममा उनलाई शिवपुरीस्थित सैनिक कमाण्ड एन्ड स्टाफ कलेजमा राखिएको थियो । त्यहाँबाट बाहिरिएर उनी भक्तपुरको सूर्यविनायकमा पार्टीका युवाको सुरक्षामा बसेको बताइएको छ । ओली महेश बस्नेतको एरिया गुण्डुतिर डेरा सरेको बताइएको छ । गुण्डुमा उनका निम्ति एउटा घर भाडामा लिएको बताइएको छ । अध्यक्ष ओलीको बालकोटस्थिति निवास भने जेन–जी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको छ ।
नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासल प्रांगणमा शुक्रबार कार्यक्रम गर्दै छ । बिहान ८ बजेका लागि कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने नहुने विषयमा नेताहरू अन्योलग्रस्त देखिएका छन् । उनी भोलि सार्वजनिक होलान् त ? नेकपा (एमाले)निकट प्रेस चौतारी नेपालले शुक्रबारको कार्यक्रममा ओली उपस्थित हुने दाबी गरेको छ । प्रेस चौतारीका महासचिव हिरामान लामाले ओली उपस्थित हुने भन्दै एक सूचना जारी गरेका छन् । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने भोलिको कार्यक्रममा अध्यक्ष ओली उपस्थित हुने सम्भावना नरहेको बताए । “अध्यक्ष भोलिको कार्यक्रममा उपस्थित हुनुहुन्छ भन्ने लाग्दैन । पूर्ण सुरक्षाको प्रत्याभूति हुनुप¥यो नि,” उनी भन्छन् ।
नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता…
नेपाल दर्पण, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक आज सार्वजनिक भएका…
नेपाल दर्पण, काठमाडौं । राष्ट्रपति पौडेलले प्रमुख दलहरूबीचको समसामयिक राजनीतिक परामर्शका लागि सर्वदलीय छलफल बोलाएका…
नेपाल दर्पण, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी…
नेपाल दर्पण, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्रीलाई राजनीति बुझेर चल्न…
नेपाल दर्पण, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले सकुन्जेल पार्टी नेतृत्व…
This website uses cookies.