रास्वपाको नाम लिएर धम्कि दिनेलाई छानबिन र कारवाही गर्न अनुरोध

नेपाल दर्पण, काठमाडौं ।

‘जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पाएपछि रास्वपाले आफ्नो ध्यानकर्षण भएको बताएको छ । आज बिहान रास्वपाका प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी आएकोभन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले यस्ता कार्यमा रास्वपाको कुनै संलग्नता नरहेको जानकारी गराए । रास्वपाले यस्ता गतिविधिमा लाग्ने जो कोही भएपनि आवश्यक छानबिन र कारवाहीका लागि अनुरोध गरेको छ । एउटा विज्ञप्ती जारी गर्दै भनेको छ, ‘यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको र यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *