‘जेनजी’ शहिदहरुको सम्मानमा आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा

नेपाल दर्पण, काठमाडौं ।

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’जेन –जी नेतृत्वमा भएको विद्रोहमा ७३ जना मारिएका छन् । आन्दोलनका क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्दै उनीहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेको थियो ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

2 days ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

3 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

5 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.