सेनाको सुरक्षा घेराबाट बाहिर प्रचण्ड, देउवा दम्पत्ति अझै अस्पतालमा

नेपाल दर्पण, काठमाडौं ।

भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलन र त्यस पछिको तोडफोड र आगजनीपछि आफ्नो रक्षाका लागि सेनाको सुरक्षामा रहेका अधिकांश नेताहरू फर्किएका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र केही नेता बाहेक अधिकांश नेताहरूलाई ब्यारेकबाट पठाइसकिएको सैनिक स्रोतले जनाएको छ । जेनजी आन्दोलन बिस्तारै मत्थर हुँदै गएको र अन्तरिम सरकार समेत गठन भएपछि सेनाले उनीहरूलाई धमाधम फिर्ता पठाएको हो ।

सेनाको सुरक्षामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त आज मंगलबार पार्टी कार्यालय पेरिसडाँडा पुगेर निरीक्षण समेत गरेका छन् । पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि जेन जी आन्दोलनबाट ध्वस्त भएको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट कार्यालयको अधिकांस संरचना जलेर नष्ट भएका छन् । सेनाको ब्यारेकबाट फर्किएका नेताहरूको सुरक्षा चुस्त पारिएको बताइएको छ । केही नेताहरूको भने सुरक्षा र बस्ने प्रबन्ध मिल्नै बाँकी रहेकाले सेनाको सुरक्षामा रहेको बताइएको छ ।भीआईपी सुरक्षा कार्यविधिअनुसार उनीहरूलाई सुरक्षा प्रदान गरिएको छ । बढी सुरक्षा थ्रेट हुनेहरूलाई सोही अनुसार सुरक्षाकर्मीहरू उपलब्ध गराइएको बताइएको छ ।

विपक्षी दलहरूको बैठक सिंहदरबारमा डाकेका बेला प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरू सिंहदरबारमै थिए । उनीहरूलाई त्यहीँबाट सेनाले सुरक्षित ठाउँमा लगेको थियो । निवर्तमान मन्त्रीहरूलाई पनि सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सेनाको हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएको थियो ।उच्च तहका नेताहरूको घरहरू आगजनीबाट नष्ट भएका छन् । अहिले उनीहरू आफन्त तथा साथीहरूकोमा बस्ने गरेको बताइएको छ । केहीले भने डेरा लिएर बस्न थालेको सुरक्षा स्रोतले बताएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवा भने प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका थिए । उनीहरूको अहिले पनि उपचार जारी छ । सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पूर्ण रुपमा ध्वस्त भएको छ । कार्यालयको प्रवेशद्वारदेखि हरेक कोठामा आगजनी गरिएको थियो । नेपाली कांग्रेसले आजबाट देशभरी भएको कार्यालय क्षतिको विवरण संकलन गर्न लागेको जनाएको छ । जेन जी आन्दोलन नेकपा एमालेको च्यासलस्थित मुख्यालय पनि खण्डहर बनेको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट मुख्यालयका अधिकांस संरचना खरानी भएका छन् । सोमबार एमालेका महासचि शंखर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरु पार्टी मुख्यालयमा पुगी कम्युनिस्ट पार्टीको झण्डा राखेका थिए ।

देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरु प्रतिको वितृष्णाले निम्त्याएको परिणाम थियो जेनजी आन्दोलन । जसको फलस्वरूप आन्दोलनकारीहरुले तीन ठूला राजनीतिक दलका मुख्यालयमा तोडफोड सँगै आगजनी गरेका थिए ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

2 days ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

3 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

5 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.