मन्त्रिपरिषद विस्तार: रामेश्वरप्रसाद खनाल, कुलमान र ओमप्रकाश अर्याल बने मन्त्री

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गरेकी छिन् । अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार (भदौ ३०) पद तथा गोपनीयताको शपथ लिएका हुन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रप
ति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

घिसिङलाई उर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । अर्याललाई गृह र कानुन तथा खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत अधिकारी सहभागी थिए । जेनजी आन्दोलनका कारण नागरिक स्तरको सरकार गठन हुने परिस्थिति बनेपछि कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *