अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं ।

जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेको छ ।जेन–जी प्रतिनिधि दिवाकर ढंगालले नेपाली जनताको सार्वभौमसत्ता, राष्ट्रिय एकता, स्वाभीमानसहित सम्पूर्ण नेपालको हक हितको रक्षा, आर्थिक उन्नति र समृद्धिका लागि सबै नेपाली एकजुट भएर यस विषय परिस्थितिको सामना गर्नुपर्ने बताए । सबैले आ–आफ्नो स्थानमा समूहबद्ध भई टोलको सुरक्षा र राष्ट्रको पुनर्निर्माणको निमित्त नेपाली सेनालगायतका सुरक्षा निकायको समन्वयमा शान्ति, सुशासन र सुव्यवस्था कायम गराउनुपर्ने उनले बताए ।


त्यसैगरी, जुनाल गदालले अब यतिबेला जेन–जी संयमित हुन जरुरी रहेको बताए । ‘जसरी हिजो हामीले तोडफोड गर्यौं । आक्रोशमा थियौं । अब हामी संयमित हुन जरुरी छ । आज देशमा जेन–जी युवाहरु एक भएनौं भने पुराना दलहरुलाई फाइदा हुने स्थिति छ,’– उनले भने ।
त्यसैगरी, अनिल बानियाँले जेन–जीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको बताए । उनले सिंहदरबार, न्यायलयलगातका संरचना षड्यन्त्र रचेर जलाइएको उनको आरोप छ । उनले भने, ‘देशमा गणतन्त्र आएदेखि हामीलाई नेताहरुले लुटेका छन् । यिनीहरुले हाम्रो रोजीरोटी पनि खोसेका छन् । हुम्ला, जुम्ला र मुगुमा अहिले पनि सिटोमोलका अभाव छ । देशमा बुढाखाडाबाट वाक्कदिक्क भएर देश खोक्रो हुने अवस्थामा पुगिसकेको छ । हामीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका थियौं । केही झोले कार्यकर्ताहरु आएर देशको संरचनामाथि आगो लगाएका छन् ।’

ओजस्वीराज थापाले जेन–जीले अहिले लिडरसीप लिन नसक्ने र लिन पनि नहुने बताए । जेन–जी अहिल ‘वाच डग’ को रुपमा मात्रै रहनुपर्ने उनको भनाइ छ । ‘हामीले जेन–जीको प्रतिनिधित्व गरेका हौं । तर, हामीलाई लिडरसीप लिनु छैन । सायद हामी तत्काल यो देशको लागि क्यापेबल पनि छैनौं । हामीलाई परिपक्व हुनका लागि समय लाग्छ । अहिले हामी ‘वाच डग’ को रुपमा मात्रै बस्नेवाला छौं,’– उनले भने । त्यसैगरी, सुदीप सेठले जेन–जी संविधानअनुरुप नै अगाडि बढ्ने बताए । भ्रष्टचारमुक्त र कानुन बुझेर गाइड गर्न सक्ने व्यक्ति पनि भएकाले जेन–जीको समर्थन पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई रहेको उनले बताए ।

जेन–जी अभियन्ता पुरुषोतम यादवले आफूहरुको मुख्य मुद्दा संसद् विघटन र पूर्ण समर्थन पूर्व प्रधानन्यायाधीश कार्कीमाथि रहेको बताए । प्रदीप पाण्डेले जेन–जी जहिले पनि भ्रष्टाचारको विरुद्धमा रहेको बताए । उनले जेन–जी एकीकृत रहेको बताए । अर्का वक्ता मदन खत्रीले भ्रष्टाचारलाई जेन–जीले नै सुधार गर्नुपर्ने बताए ।

प्रेरणा अधिकारीले सबै जेन–जीहरु एकीकृत हुनुपर्ने र पार्टीका भरौटेहरुले जेन–जीको नाममा राजनीति गर्न नहुने बताईन् । अब बन्ने अन्तरिम सरकारबारे पनि सबै जेन–जी मिलेर सेनासँग वार्ता गर्नुपर्ने उनले बताईन् । सेनासँग हुने वार्ता पनि लाइभ हुनुपर्ने र अबदेखिका सबै कुरा पारदर्शी हुनुपर्ने उनको धारणा छ । अर्का वक्ता अर्जुनविक्रम शाहीले देश बनाउन हिजोका पुस्ताबाट परिवर्तन सम्भव नरहेको बताए । युवाहरुबाहेक अरु कुनै पनि विकल्प छैन भन्ने अन्तिम निष्कर्षसहित आफूहरु आन्दोलनमा होमिएको पनि उनले बताए । यो आन्दोलन २ वर्षको मेहनतको परिणाम रहेको पनि उनले बताए । हामी नेपालका अध्यक्षसमेत रहेको सुदन गुरुङले जेन–जीको एक–एक थोपा रगतको बदला लिने बताए । उनले कसैलाई नछाड्ने चेतावनी दिए । उनले जेन–जी आन्दोलनलाई समर्थन गर्न सबैलाई आग्रह गरे । आफूले अहिलेसम्म नेपालको झण्डा बोकेर हिँडेको र कुनै पार्टीलाई पनि अहिलेसम्म समर्थन नरहेको बताए ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

7 hours ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

2 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

2 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

3 days ago

रवि लामिछाने जेलबाट रिहा

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नख्खु कारागारबाट…

4 days ago

This website uses cookies.