प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं ।

जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर निस्किएकी छन् । उनले छलफल आन्दोलनको न्यूनतम मान्यताविरुद्ध बढाइन थालेपछि आफूसहित केही साथीहरु बाहिरिएको भनेकी छन् । उनले प्रधानसेनापतिसमक्ष वार्ताका लागि नभइ आफ्नो मागहरु तयार गर्न समय चाहिन्छ भन्नलाई पुगेको बताएकी छन् ।

सोमबार र मंगलबारको तनावपछि उत्पन्न परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । त्यसपछि बुधबार जेनजी प्रतिनिधिहरु भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका हुन् । ‘जेनजी आन्दोलनको प्रतिनिधि भन्दै १५÷१६ युवा नै जंगीअड्डामा आउनु भएको छ, राष्ट्रपतिज्यूले संवादका लागि आह्वान गरेपछि हामीले सम्पर्कको पहल गरेका थियौं,’ एक उच्च सैन्य अधिकारीले भने, ‘त्यही क्रममा बुधबार उहाँहरुलाई बोलाइएको हो ।’

स्रोतका अनुसार, नाम टिपाए अनुसार बोलाइएका जेनजी प्रतिनिधिले सुरुमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेका थिए । तर, धेरै संख्यामा जेनजी प्रतिनिधि पुगेपछि सिग्देलले सुरुमा सबैलाई मिलेर आउन आग्रह गरेका थिए । ‘यो विषम परिस्थितिमा सबै पक्षको आवाज समेटिने गरी कुराकानी अघि बढाउनुपर्ने छ,’ सिग्देलको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले तपाईंहरु पहिले एकमत भएर वार्ताको टेबलमा बस्नलाई तयार हुनुस् ।’दप्रधानसेनापति सिग्देलसँग भेटपछि जंगीअड्डाभित्रै जेनजी प्रतिनिधि अहिले छुट्टै छलफलमा जुटेका छन् । सैनिक स्रोतका अनुसार, उनीहरुलाई संवादका लागि एकजना संयोजक तोक्न समेत भनिएको छ ।

यता बुधबार जेन्जीहरुको गुगल मिटमा बोल्दै सागर ढकालले कोही अघि नसरे आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन । उनले आफू २०८४ को चुनाव लड्नको लागि डडेल्धुरमा रहेपनि जेन्जीहरुको आन्दोलनलाई साथ दिएको बताए । ‘तपाँईहरुबाट लिड गर्न नसक्ने वा कोही नभए म आउन सक्छु,’ ढकालले भने । उनले सर्वेले ९० प्रतिशत धेरैले सुशीला कार्कीलाई पनि मानेको सुनाए ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

2 days ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

3 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

5 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.