प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं ।

दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३० पुगेको हो ।

जेनजीको दोस्रो दिनको प्रदर्शन तोडफोड र आगजनीमा रुपान्तरण हुँदा ठूलो भौतिक क्षति भएको छ । सरकारी तथा निजी आवास, कार्यालय तथा सवारीसाधनमा आगजनी भएको छ । मंगलबार अधिकांश ठूला सरकारी कार्यालयमा आगजनी भएको थियो । हिजोबाट लागेको आगो कतिपय ठूलो कार्यालयमा आज पनि बलिरहेको छ । आन्दोलन स्थगित भएलगत्तै काठमाण्डौंको सडकमा कफ्र्यु लागेको छ र चारैतिर सन्नाटा छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *