जेनजी पुस्ताको आन्दोलन रोक्न सरकारले खटायो सेना, ३ जनाको मृत्यु, सैकडौं घाइते

नेपाल दर्पण, काठमाडौं ।

जेनजी पुस्ताको आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले सेना सडकमा उतारेको छ। आन्दोलनमा हालसम्म प्रहरीको गोली लागेर हालसम्म ३ जनाको मृत्यु भएको छ । काठमाडौंको मीनभवनस्थित सिभल अस्पताल, नयाँबानेश्वरको एभरेष्ट अस्पताल र ट्रमा सेन्टरमा एक–एक जनाको मृत्यु भएको हो । अहिले प्रदर्शनलाई रोक्न सरकारले सेना परिचालन गरेको छ ।

ट्रम सेन्टरमा उपचारका लागि पुर्याइएका एक युवकको मृत्यु भएको सेन्टरका निर्देशक डा.बद्री रिजालले जानकारी दिए । उनलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको पनि परिचय खुलेको छैन । निर्देशक रिजालका अनुसार ट्रमा सेन्टरमा ३० भन्दा धेरै घाइतेको उपचार भइरहेको छ । भ्रष्टाचार र कुशासनविरुद्ध भन्दै आज जेन–जी पुस्ताले देशभर आन्दोलन गरेका छन ।

काठमाडौंमा भएको आन्दोलन उग्र भएपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीका फोहरा र अश्रुग्यासका साथै रबरका गोली हानेको थियो । प्रदर्शनका क्रममा झण्डै एक सय जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुलाई बानेश्वर र माइतीघर आसपासका अस्पतालहरूमा लगिएको छ । जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाए पनि काठमाडौंमा युवाहरूको प्रदर्शन रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *