जेनजी आन्दोलनमा ठूलो मानवीय क्षति, मृत्यु हुनेको संख्या १४ पुग्यो


नेपाल दर्पण, काठमाडौं ।
काठमाडौँमा भएको जेनजी आन्दोलनमा ठूलो मानवीय क्षति भएको छ । प्रदर्शनका क्रममा सोमबार (भदौ २३) मृत्यु हुनेको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांकअनुसार, घाइते हुनेको संख्या १९४ जनाभन्दा बढी रहेको छ ।
घाइते भएर अस्पताल पु¥याइएकामध्ये सिभिल अस्पतालमा दुईजना, ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेजमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा एकजनाको मृत्यु भएको छ ।
ट्रमा सेन्टरमा मात्रै छ जनाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. दीपेन्द्र पाण्डेले थाहाखबरलाई जानकारी दिए । सिभिल अस्पतालमा दुई, काठमाडौँ मेडिकल कलेजमा एक जना घाइतेको मृत्यु भएको छ । यस्तै एभरेष्ट अस्पतालमा एक जनाको मृत्यु भएको जनाइएको छ ।