जेनजी आन्दोलनमा १९ जनाको मृत्यु,ओलीको अडान कायमै, गृहमन्त्रीले दिए राजीनामा

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जाल खोल्न नसकिने अडान लिएका छन । मन्त्रिपरिषद् बैठकमा उनले सूचीकरण नभएसम्म सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नखोल्ने अडान राखेका एक मन्त्रीले जानकारी दिए । हिंसात्मक प्रदर्शनमा १९ जनाको मृत्यु र सत्ताधारीसहित विभिन्न दलको अनुरोधपछि पनि प्रधानमन्त्री ओलीले आफ्नो अडान कायम राखिरहेका हुन् ।

यसअघि नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि सभापति शेरबहादुर देउवाले फोन गरेरै प्रतिबन्ध खोल्न प्रधानमन्त्री ओलीलाई दवाब दिएका थिए । तर प्रधानमन्त्री ओलीले तत्काल प्रतिबन्ध हटाउन नसकिने जवाफ दिएका ती मन्त्रीले बताए । त्यसपछि देउवा र ओलीबीच पुनः वार्ता भइरहेको बताइएको छ ।

यसैबिच गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले मन्त्रिपरिषद् बैठकमा उपस्थित भएर राजीनामा दिएको एक मन्त्रीले जानकारी दिए । मन्त्री लेखकले अपुरणीय क्षतीको अनुमान पनि नभएको उल्लेख गर्दै अहिलेसम्म काम गर्ने अवसर दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका थिए ।

काठमाडौंमा सोमबार भएको प्रदर्शनमा भएको झडपमा कम्तिमा पनि १९ जनाको मृत्यु भएपछि उनको राजीनामा माग गरिएको थियो ।“यो ठूलो घटना भयो, मैले नैतिकताका आधारमा जिम्मेवारी लिँदै म मन्त्री पदबाट ब्याक हुन्छु, हालसम्म सहयोगका लागि प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिन्छु,” लेखकको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

2 days ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

3 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

5 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.