एमालेको विधान महाधिवेशनमा भण्डारीको पक्ष/विपक्षमा बहस, ७० वर्षे उमेर हद गलत निष्कर्ष

नेपाल दर्पण, ललितपुर ।
नेकपा एमालेको विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ । नेकपा (एमाले)मा निषेधबीच पनि पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताका विषयमा पक्ष÷विपक्षमा बहस गरिएको छ । पार्टीको नीति र विधि तय गर्न जारी विधान महाधिवेशनको दोस्रो दिन (शनिबार) दस्ताबेजमाथिको छलफलका क्रममा प्रतिनिधिले भण्डारीको सदस्यताबारे मत प्रकट गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्तावमाथि १० समूहमा छलफल गरिएको थियो ।

शुक्रबार (भदौ २०) राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुअघि ओलीले भण्डारीको नाम नलिई अनावश्यक ढंगले विषय संवेदनशील बनाएको भन्दै आपत्ति जनाएका थिए । उक्त विषय विधान महाधिवेशनसँग सम्बन्धित नभएको भन्दै उनले पार्टीका कमिटीमा छलफल गरिने र त्यसमा बहसको आवश्यकता नभएको सन्देश दिए । “पार्टीमा कतिपय विषय अनावश्यक ढंगले अलिकति संवेदनशील बनाइएका छन् । ती कुराहरू विधान संशोधनसँग सम्बन्धित छैनन्, जुन विषय दस्ताबेजसँग, विधि, विधानका प्रश्नसँग सम्बन्धित छैनन्,” उनले भनेका थिए, “ ती प्रश्नहरू अन्यत्रै कमिटीगत छलफलका विषय हुन् । सचिवालय, केन्द्रीय कमिटी वा पोलिटब्युरोमा छलफल गर्दै जानेछौँ ।”

छलफलमा अधिकांश नेताहरु पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा ल्याउन नहुने कुरामा जोड दिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । त्यसैगरी छलफलमा ७० वर्षे उमेर हदको विषय गलत भएको निष्कर्ष निकाल्दै सो प्रावधान हटाउने कुरामा पनि सबैले सहमति जनाएको उनको भनाइ थियो ।

उनले विधान महाधिवेशन विषयकेन्द्रित भएर अघि बढ्ने बताएका थिए । तर, ओलीको चाहनाविपरीत भण्डारीनिकट प्रतिनिधिले उनको सदस्यता नवीकरण गर्नुपर्ने र जिम्मेवारी दिनुपर्ने मत राखे । ओली पक्षधर भने पार्टीको निर्णयको पक्षमा उभिए । गएको साउन ५–६ गतेको केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई पार्टीमा आउन रोक लगाउने निर्णय गरिएको थियो ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

2 days ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

3 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

5 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.