धनगढीमा डा. गोविन्द केसीले शुरु गरे तीनदिने सत्याग्रह

नेपाल दर्पण, काठमाडौं ।

बेलाबेला अनशन बस्दै आएका सामाजिक अभियन्ता डा. गोविन्द केसीले तीनदिने सत्याग्रह सुरु गरेका छन् । डा. केसीले धनगढीस्थित गेटा मेडिकल कलेजमा निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै आजदेखि सत्याग्रह सुरु गरेका हुन् । उनले आइतबार (भदौ १५) पत्रकार सम्मेलन गर्दै निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिने आरोप लगाए ।

“निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ,” उनले भने, “शिक्षाको गुणस्तर खस्कनु भनेको स्वास्थ्य सेवामा ह्रास आउनु हो । सरकार र चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धराप पर्दै गएको छ ।” केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने माग उनको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चिकित्सा आयोगले एमबीबीएस लगायत विभिन्न विषयको निजी मेडिकल कलेजमा सिट बढाउने निर्णय गरेको थियो । विज्ञहरुले समेत उक्त निर्णयको आलोचना गर्दै आएका छन् । उनिहरुले यस्तो निर्णयले चिकित्सा शिक्षाको गुणस्तरमा असर पुग्ने बताउँदै आएका छन् । एक सय सिट सम्म एमबीबीएस पठनपाठन गराउँदै आएका मेडिकल कलेजलाई पछिल्लो निर्णयले १ सय ३० कोटामा विद्यार्थी भर्ना गर्न सिट वृद्धि गरेको छ । विगतमा सरकारसँग भएका सम्झौताअनुसार एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन र विश्वविद्यालय पदाधिकारी नियुक्ति उच्च शिक्षा ऐन, गैरनाफामुलक मेडिकल शिक्षा, स्वास्थ्य संस्थामा दरबन्दी पुनरावलोकनको व्यवस्था गर्नुपर्ने जनाएका छन् । ‘यी समस्याहरूको सम्बोधन गर्नुको साटो ओली र शेरबहादुर देउवाको गठबन्धन सरकार जुनसुकै मूल्यमा निजी मेडिकल कलेजहरुलाई पोस्नमा उद्यत् देखिएको छ ।

यसअघि विभिन्न सरकारसँग बारम्बार सम्झौता भएता पनि इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्न र निर्माण सम्पन्न भएको पाँच वर्ष बितिसक्दा पनि कैलालीको गेटामा शैक्षिक कार्यक्रम तथा अस्पताल सेवा संचालन कुनै प्रधानमन्त्रीको प्राथमिकतामा पर्दैन,’ डा. केसीद्धारा विज्ञप्तिमा उल्लेख छ ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

2 days ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

3 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

5 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.