मुम्बईमा ‘सँस्कृति बचाऔं, विकृति हटाऔं’ भन्ने नारासहित सपन्न भयो महासंघको तीज कार्यक्रम

दिनमणी आर.पाण्डे ।

नेपाल दर्पण, मुम्बई ।

मुम्बईमा रहेको सबैभन्दा ठूलो सामाजिक संगठन संयुक्त नेपाली महासंघद्धारा आयोजित तीज कार्यक्रम भव्य रुपमा सपन्न भएको छ । गत आइतवार मुम्बईको नजिकै थानास्थित घोडबन्दर, ओवाला नाका, जिबी रोड स्थित प्रिसिया, व्यानक्युट हलमा सैकडौं महिला दिदीबहिनहरुमाझ ‘माइतीको आगनमा’ कार्यक्रम सपन्न भएको हो ।

‘संस्कृतिको बचाऔं, विकृति हटाऔं’ भन्ने मूल नारा दिइएको उक्त कार्यक्रम कार्यवाहक अध्यक्ष रवि भट्टराईको नेतृत्वमा र महासंघकी उपाध्यक्ष श्रीमती सीता काफ्लेको अध्यक्षतामा सपन्न भएको थियो । नेपाल–भारत दुबै देशको राष्ट्रिय गान बजाएर शुरु भएको उक्त कार्यक्रममा दीप प्रज्वलन पूर्व शिक्षा सचिव श्रीमती शान्ता शर्मा सहित उपस्थित महिलाद्वारा गरिएको थियो भने कार्यक्रमलाई कुशलतापूर्व महासचिव विष्णु काफ्लेले सञ्चालन गरेका थिए र बेलाबेला उद्घोषणमा केन्द्रीय सचिव बैजन्ती रावल र उपाध्यक्ष सीता काफ्लेले सघाएका थिए ।

कार्यक्रममा कल्याण शाखा महिला टिम, गोरेगाँव महिला टोली, चकला महिला टोली, केन्द्र महिला टोली लगायतका समूहद्वारा एकल तथा सामुहिक गरि १२ वटा आकर्षक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा करिब १२०० जनाको हाराहारिमा महिलाहरुको उपस्थिति रहेको बताइएको छ । कार्यक्रमलाई सफल बनाउनका लागि सल्लाहकार भरत रावल, कोषाध्यक्ष राज रावल, शिक्षा सचिव श्रीमती मेखा चौहान, संगठन सचिव चन्द्र सिंह, वित्त सचिव प्रेम बैक, महिलाप्रमुख श्रीमती कल्पना रावल लगायतका कार्यसमितिका पदाधिकारी तथा शाखाका पदाधिकारीहरु लागि गरेका थिए ।

कार्यक्रममा मुख्य अतिथि ठाणे महानगरपालिकाकी मेयर तथा महिला आयोग ठाणे जिल्लाकी अध्यक्ष श्रीमती मीनाक्षी राजे सिद्धे रहेकी थिइन । उनले नेपालीहरुप्रति आफ्नो सदा सद्धभाव रहेको र आफ्नो कला सँस्कृतिलाई जहाभएपनि नेपालीहरुलाई त्यस्लाई मौलिकताका साथ निभाउने र मुम्बई जस्तो महानगरमा बसेर पनि नेपाली संस्कृति, मौलिकता र परम्परा जगेर्ना गर्दै आएकोमा महासंघलाई धन्यवाद दिँदै निरन्तर संस्कृतिको संरक्षणमा लागिरहन आग्रह गरेकी थिइन । यसैगरि उक्त कार्यक्रममा मनकामना एकता फाउण्डेशनका अध्यक्ष मोतीलाल न्यौपाने, सगरमाथा फाउण्डेशनका अध्यक्ष सुनिल बराल, मुक्तिनाथ फाउण्डेसन अध्यक्ष कमल कार्की, पूर्व नगरसेविका श्रीमती राधा फत्ते सिंह र ठाणे आरएसएसका प्रमुख–उपप्रमुख, इलमयत लगायतका विशिष्ट अथितीहरु रहेका थिए । यस्तै कार्यक्रममा महासंघका पूर्वअध्यक्षद्धय जगत बी. सिंह, शालिग्राम तिवारी, देवेन्द्र विक्रम शाह, तारा प्रसाद शर्मा, धिर रावल लगायतको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा देखिएको उत्तम व्यवस्थापन, पदाधिकारी तथा शाखा समितिहरुको सहकार्य र महिला दिदीबहिनीहरुको जोशले प्रवासी भूमिमा पनि नेपाली संस्कृति झल्किने उल्लेखनीय वातावरण सिर्जना गरेको थियो । उपस्थित धेरै अतिथिहरुले यस्तो सभ्य र भव्य कार्यक्रम केवल संयुक्त नेपाली महासंघले मात्र आयोजना गर्न सक्छ भनेर प्रशंसा गरेका थिए । कार्यक्रममा पीएमके फाउन्डेसनकी श्रीमती नयना कानलद्वाराले स्तन क्यान्सर सम्बन्धी सचेतनामूलक सन्देश दिएकी थिइन भने नेपाली राष्ट्रिय कलाकार सुनीतामी परियार र नितु कोइराला मुख्य आर्कषणको केन्द्र रहेका थिए । सहभागी महिलाहरुलाई तीजको दर खुवाउने कार्यमा शाखा अध्यक्ष दिनेश भट्टराई र यज्ञ पौडेल लगायत सम्पुर्ण केन्द्रिय एवं शाखा पधाधिकारीले खानपान काउण्टर व्यवस्थापन गर्दै सेवा प्रदान गरेका थिए ।

यस वर्षको हरितालिका तीज मुख्यतया भाद्र शुक्ल तृतीया अर्थात् मंगलबार, भदौ १० गते, २०८२ (अगस्ट २६, २०२५) मा परेको थियो तर सबैको काम व्यस्तता र समयलाई मध्य नजर गर्दै दुई दिन अघि कार्यक्रम आयोजना गरिएको महासंघका महासचिव विष्णु काफ्लेले नेपाल दर्पणलाई बताए । स्मणरहोस महासंघले विगत ४०–४५ वर्षदेखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको छ । प्रवासमा रहेरपनि नेपाली कला संस्कृतिको प्रवर्धन, सम्बद्र्धन गर्दै आइरहेको महासंघले वर्षभरि अन्य विविध कार्यक्रमहरु पनि आयोजना गरिरहन्छ । महासघले हरेक वर्ष नयाँ वर्षमा सत्यनारायणको महापुजा तथा लाख बत्ति बाल्ने, तीजको निःशुल्क दरखाने कार्यक्रम आयोजना गर्ने, मुम्बईमा रहेका जेहेनदार विद्यार्थीहरुलाई निशुल्क नोटबुक वितरण, तथा स्कलरशिप प्रदान, रक्तदान, खेलखूद, दुर्गा पुजा, अन्तराष्ट्रिय महिला दिवस मनाउनुका साथै रोगी तथा विरामीहरुलाई बेलाबेलामा आर्थिक मद्दत पनि गर्ने गरेको छ । यतिमात्रै हैन, मुम्बईमा कुनै नेपालीलाई अप्ठेरो परेको खण्डमा राजदूतावाससँग सहकार्य गरेर मद्दत पनि गर्ने गरेको छ ।

तीजमा खासगरि महिलाहरूले आफ्ना सुख–दुःख, सामाजिक चुनौती र पारिवारिक सम्बन्धबारे खुलेर कुरा गर्ने माध्यमको रूपमा लिने हुनाले र नेपालमै भएको खण्डमा धेरै महिलाहरू दर खानका लागि माइती जाने गर्छन् तर त्यो प्रवासमा संभव नभएको हुनाले महिलाहरुलाई माइतीको खल्लो नलागोस भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको महासचिव काफ्लेले बताए । काम विशेषले मुम्बई बाहिर रहेका कारण महासंघका अध्यक्ष युवराज न्यौपाने कार्यक्रममा अनुपस्थित रहेका थिए ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

1 day ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

2 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

4 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.