राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई दुःख दिइयोः विद्यादेवी भण्डारी

नेपाल दर्पण, काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सहकारीको विषय राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई दुःख दिइएको बताएकी छिन । रविलाई दुःख दिइएकोमा आफू असन्तुष्ट रहेको र उनीप्रति आफ्नो सद्भाव रहेको पनि भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झासँग बताइन । ‘सहकारीको विषयलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई दुःख दिइराखिएको छ । त्यसमा म असन्तुष्ट छु,’– भण्डारीको भनाइ उदृत गर्दै रास्वपा प्रवक्ता झाले भने ।

झाले भण्डारी निवास भंगालमा पुगेर भण्डारीसँग भेटवार्ता गरेका हुन् । भण्डारी र झाबीच भएको करिब २ घण्टा लामो छलफलमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताइएको छ । प्रवक्ता झाका अनुसार भण्डारीले पढेलेखेका नयाँ पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लागेको पनि बताएकी थिईन् । अहिले नयाँ पुस्तालाई राजनीतिमा आउन सहज रहेको र आफूहरु राजनीतिमा आउँदा निकै गाह्रो परिस्थिति पार गरेको पनि भण्डारीले झालाई स्मरण गराईन् । ‘अहिले पढेलेखेकाहरू आउन थालेको छ । त्यो राम्रो हुँदै छ,’– भण्डारीको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *