एमसीसी पारित गर्नु राष्ट्रप्रति नेताहरुले गरेको भयानक घात होःखनाल

नेपाल दर्पण, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकी विकास परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउनुलाई नेताहरुले राष्ट्रप्रति गरेको भयानक घात भनेका छन् । एमसीसीमा राष्ट्रघात हुनेखालका दर्जनौं शर्तहरु समावेश रहेको उनको दाबी छ ।

आज (सोमबार) पार्टीले आयोजना गरेको नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमसीसीको दस्ताबेजमा ‘अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी’ भन्ने वाक्य उल्लेख रहेको बताएका हुन् । ‘हरेक दस्तावेजमा अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कहीँ छुटेको छैन । प्रत्येक दस्ताबेजमा अमेरिकी सुरक्षा किन लेख्नुप¥यो ? यो अत्यन्त आत्मघाती कुरा छ । यो देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो, सामान्य घात होइन,’– उनले भने ।

एमसीसीको सन्दर्भमा दर्जनौं डकुमेन्ट बनाइएको पनि उनले खुलासा गरे । एमसीसीको सन्दर्भमा १३ वटा डकुमेन्ट आफूले पनि फेला पारेको, तर विस्तृत रुपमा अध्ययन गर्न नपाएको उनले बताए ।
साथै, एमसीसीसम्बन्धी दस्तावेजमा उल्लेख सबै कुरा कुनै पनि नेताले नपढेको उनको दाबी छ । एकाध व्यक्तिहरुको लहड, उनीहरुको निजी स्वार्थ र गुट स्वार्थ, पारिवारिक स्वार्थलगायतका आधारमा यस्ता प्रकारका सम्झौता हुनेगरेको उनले बताए । एमसीसी संसद्बाट पारित गरेर गलत गरिएको उनको भनाइ छ । यसैका आधारमा आगामी दिनमा अरु देशहरुले पनि अन्य परियोजना संसद्बाट पारित गर्नुपर्छ भनेर माग गर्न सक्ने बताए ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

7 hours ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…

1 day ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

2 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

2 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

4 days ago

This website uses cookies.