वीरगञ्जमा हैजा फैलिदै, २ जनाको मृत्यु, ११ आइसियुमा

नेपाल दर्पण, काठमाडौं ।

वीरगञ्जमा हैजा महामारी तीव्र रुपमा फैलिएको छ । केही दिनअघिसम्म फाट्टफुट्ट देखिएको झाझापखालाले यतिखेर बस्तीहरूमा व्यापक रूपमा फैलिएपछि महामारीकै रूप लिएको हो । वीरगञ्जमा आइतबार (आज) बिहानसम्म हैजा संक्रमितको संख्या ४२ पुगेको छ । यस्तै हालसम्म १२९ जना झाडापखालाका सिकिस्त विरामी अस्पतालमा भर्ना भएका छन् । जनस्वास्थ्यको हिसाबले हैजाको एउटै विरामीलाई महामारी सरह मानिन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत तथा पानीजन्य संक्रमणका फोकल पर्सन जैमद ठाकुरका अनुसार हैजा संक्रमण पुष्टि भएका मध्ये ९ जनाको आइसियु र २ जनाको एचडियुमा उपचार भइरहेको छ । अस्पताल भर्ना भएका १२९ संक्रमितको हाल वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज,तराई अस्पताल÷ नारायणी अस्पताल,वीरगञ्ज हेल्थ केयर लगायत स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यसमध्ये सबैभन्दा धेरै विरामी नारायणी अस्पतालमा रहेका छन् ।
तीमध्ये ११ जना आईसीयू तथा एचडीयूमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

‘अहिलेसम्म १२९ जना झाडापखालाका सिकिस्त विरामी अस्पताल भर्ना हुनु भएको छ । यसमध्ये हालसम्म ४२ जना हैजामा पुष्टि भइसकेको छ ।’ केही दिन अघि मात्रै झाडापखाला लागेर अस्पताल लैजाँदै गर्दा दुईजनाको बाटोमै मृत्यु भइसकेको थियो । यसरी मृत्यु भएका यी विरामीमा हैजाको जीवाणु भए नभएको भनेर पुष्टि भएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *