बानेश्वरमा भण्डारीले खोलीन कार्यालय, समानान्तर गतिविधिमा सक्रिय


नेपाल दर्पण, काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूभित्र विकृति, विसंगति फस्टाएको बताएकी छिन् । भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना गर्ने क्रममा उनले यस्तो बताएकी हुन । नयाँ बानेश्वरस्थित थापागाउँमा भण्डारीले ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालयका नामबाट सम्पर्क कार्यालय खोलेकी हुन् ।
कार्यालय उद्घाटनका क्रममा बिहीबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरिएको छ । नेकपा एमालेले सदस्यता नवीकण नहुने बताए पनि पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेकी छिन् । उनले सरकारले सुशासन प्रवद्र्धन गर्न नसकेको बताउँदै राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको बताइन् । संसद अहिले निरीह थलो भएको बताइन् । उनले कानूनहरू समयानुकूल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन नै नभएको जिकिर गरिन् ।
ठूला दलहरू आफैँले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरे पनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन नसकेको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले शिक्षा सम्बन्धी समस्या नेपालमा ठूलो समस्या रहेको बताइन् ।