उपसभामुखलाई हटाउने तयारीमा सत्तापक्ष, प्रतिवादको तयारीमा विपक्ष

नेपाल दर्पण, काठमाण्डौं ।

सत्ताघटकका दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया अघि बढाएका छन् । सत्ता गठबन्धनसँग दुई तिहाइ बहुमत नभएपनि अन्य सानादलको सहयोग लिँदै सरकारले उनलाई पदबाट हटाउन लागेको हो । उपसभामुखलाई पदबाट हटाउन लागिएको यो दोस्रो पटक हो । यसअघिको प्रयास बहुमत नपुगेकै कारण असफल भएको थियो । तर यस पटक बहुमत पु¥याउने दाउ सत्ता पक्षमा रहेको छ ।

संविधान बमोजिम सभामुख वा उपसभामुख हटाउनका लागि संसद्को दुई तिहाइ बहुमत अर्थात् १८४ मत आवश्यक पर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८, एमालेको ७७ सिट रहेको छ । यी दुई दलसँग कुल १६६ सांसद हुन्छन् र दुई तिहाइका लागि थप २० सांसद आवश्यक पर्छ । एमालेका सांसद टोपबहादुर रायमाझी र कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बन अवस्थामा रहेकाले मतदान प्रक्रियामा भाग लिन पाउँदैनन् । यो अवस्थाले बहुमतका लागि अन्य दलमा भर पर्नुपर्ने बाध्यता सिर्जना गरेको छ ।

उपसभामुखलाई हटाउनको प्रमुख कारण संवैधानिक परिषद्मा बहुमत नपुगेको हो ।
सत्ता पक्षले उपसभामुखलाई हटाउनका लागि अन्य दलको सहयोगमा निर्भर रहनुपर्ने बाध्यता सिर्जना भएको छ । उपसभामुखलाई हटाउन खोज्नुको प्रमुख कारण संवैधानिक नियुक्ति हो । संवैधानिक परिषद्मा बहुमत नपुगेकाले उपसभामुखलाई हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोग मागेको र अन्य दलसँग पनि कुरा गरेको भनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारको पदाधिकारी बैठकमा जानकारी गराएका थिए । सत्ता पक्षले संवैधानिक परिषद्मा बहुमत नपुगेका कारण हटाउन लागेको तर्क गरेका छन् ।

संविधानको धारा २८४ मा संवैधानिक परिषदसम्बन्धी व्यवस्था छ । प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्ति सिफारिसका लागि प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद् रहने उक्त धारामा उल्लेख छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाको सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाको अध्यक्ष नारायण दाहाल, विपक्षी दलको नेता पुष्पकमल दाहाल र उपसभामुख इन्दिरा राना सदस्य छन् ।

यता, संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको विपक्षी दलको बैठकले सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने षड्यन्त्र गरेको भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनले उपसभामुखलाई हटाउन नहुनेमा सबै विपक्ष दलहरूबीच एकमत रहेको बताए । संवैधानिक परिषद्को अवस्थालाई लिएर पटक–पटक उपसभामुखलाई हटाउने प्रयास भएको भन्दै उनले यस्तो कदम राष्ट्रका लागि ठीक नभएको जिकिर गरे ।

त्यस्तै बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने सत्तारुढ दलको प्रयासका बारेमा छलफल भएको जानकारी दिए। उपसभामुखलाई हटाउने र संसदलाई कमजोर पार्ने सत्तारूढ दलको षड्यन्त्रको विपक्षी दलहरू एक भएर प्रतिरोध गर्ने निर्णय गरिएको बताए । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले संवैधानिक परिषद्मा बहुमत पु¥याउन उपसभामुखलाई हटाउन खोजेको भन्दै यस्ता कदमलाई कुनै हालतमा सम्भव हुन नदिने निर्णय गरिएको बताए । बैठकमा माओवादी अध्यक्ष प्रचण्डले विपक्षीलाई कमजोर पार्न गरिने सबै प्रकारका षड्यन्त्रको प्रतिकार गर्नुपर्ने बताएका थिए ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

8 hours ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…

1 day ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

2 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

3 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

4 days ago

This website uses cookies.