नेपाल दर्पण, मुम्बई ।
हरेक वर्ष तीज विशेष कार्यक्रम आयोजना गर्दै आइरहेको सगरमाथा फाउण्डेशनले यो वर्ष पनि भव्य रुपमा तीज कार्यक्रम आयोजना गरेको छ । मुम्बईको नजिकै थाना कोपरी स्थित मंगला हलमा आयोजित उक्त कार्यक्रममा महिला दिदी–बहिनीको बाक्लो उपस्थिति रहेको फाउण्डेशनका अध्यक्ष सुनिल बरालले नेपाल दर्पणलाई जानकारी गराएका छन ।
तीज विशेष कार्यक्रममा महिला दिदी–बहिनीहरुले विभिन्न तीज गीत तथा अन्य लोकप्रिय गीतहरुमा नृत्य गरेर खुशीयाली साटासाट गरेका थिए । प्रायः चाडपर्वमा रमाइला कार्यक्रमहरु आयोजना गर्दै आइरहेको फाउण्डेशनले समय–समयमा विभिन्न सामाजिक कार्यसमेत गर्दै आइरहेको छ । स्मरण रहोस, यस फाउण्डेशनले यस क्षेत्रका बेराजगारी दिदी– बहिनीहरुलाई विभिन्न प्रकारका प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर रोजगारका लागि दक्ष समेत बनाउँदै आएको छ । फाउण्डेशनले नेपाली कला सँस्कृतिको जर्गेना गर्नुका साथै विभिन्न दक्ष कार्यक्रमहरु जस्तै, सिलाई कटाई, हाउस किपिङ, मेडिकल चेकअप जस्ता कार्यक्रमहरु गर्दै आएको छ र भविष्यमा सामाजिक क्षेत्रमा थप सहभागि हुने फाउण्डेशनको लक्ष रहेको छ ।
मुख्य अतिथी सन्त निरंकारी मण्डलका अध्यक्ष नर बहादुर रावलको उपस्थितीमा सपन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथी भाजपा थाना जिल्ला अध्यक्ष सन्दिप लेले र विषेश अतिथी समाजसेवी तथा उद्योगपति मनोज कोटल रहेका थिए । यसैगरि अतिथीहरुमा थाना जिल्ला भाजपा वाईस पे्रसिडेण्ट उषा राजपुत, बुद्धिराम पाण्डेय, बलराम बराल, समाजसेवी निर्मला ठाकूर, हाम्रो छहारीका सकुन सिँह, राम सिँह तिरुवा, लुम्बिनी माइक्रोकी प्रमुख प्रतिभा खत्री, संयुक्त नेपाली महासंघका पूर्व अध्यक्ष भरत रावल, धीर रावल, भीम ग्रैहे र महिला टिम लगायतको सहभागिता रहेको थियो ।
तीज परम्परागत रूपमा तीजको दर माइती आएकी चेलीलाई मिठा परिकार खुवाएर रमाइलो गर्ने चाड हो । विदेशमा बसेका चेलीहरुलाई माइतीको अभाव र खल्लोे नलागोस भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको अध्यक्ष बरालले बताएका छन ।
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…
नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…
नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…
नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…
नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…
This website uses cookies.