सर्मथकहरूलाई झुक्याउँदै रवि लामिछानेलाई नक्खु कारागार लगियो


नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नक्खु कारागार पु¥याइएको छ । रूपन्देहीबाट काठमाडौँ विमानस्थलबाट कारागारतर्फ लगिएको हो । लामि छानेका समर्थक त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल अगाडि जम्मा भएर बसेपछि उनीहरूलाई झुक्याउँदै आयल निगमबाट निकालेर नक्खु लगिएको हो ।
रूपन्देही कारागारमा रहेका उनलाई जेल सरुवा गरेर अपराह्न ५ बजे काठमाडौँ ल्याइएको हो । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रूपन्देही कारागारमा थिए । उनले गत जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । अदालतले उनलाई काठमाडौँ सार्न अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले केही दिनअघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको असुरक्षा रहेको बताएपछि सरकार उनलाई काठमाडौँ सार्न तयार भएको हो । लामिछानेलाई स्वागत गर्नका लागि पत्नी निकितासहित समर्थकहरू भीड विमानस्थलमा जम्मा भएका थिए ।
नख्खु कारागार पु¥याउँदा लामिछाने समर्थकहरूले उनको पक्षमा नाराबाजी गरेका थिए । लामिछानेले नख्खु कारागारमा स्थानान्तरणका लागि जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दिएकोमा अदालतले जेठ १६ गते अनुमति दिएको थियो । अदालतले अनुमति दिएको लामो समयपछि कारागार व्यवस्थापन विभागले शुक्रबार स्थानान्तरणको निर्णय गरेपछि लामिछानेलाई शनिबार नख्खु कारागार ल्याइएको हो ।