थाना स्थित मुक्तिनाथ फाउण्डेशनले १७ अगस्तमा तीज मनाउदै

नेपाल दर्पण, मुम्बई ।

महिलाहरुको महान चाँड हरितालिका तीज प्रवासमा पनि भव्यताका साथ मनाउन शुरु गरिएको छ । केहि संस्थाहरुले तीज कार्यक्रम मनाइसकेका छन भने केहिका कार्यक्रमहरु क्रमशःसार्वजनिक हुदै गइरहेका छन । यसैक्रममा मुम्बईको नजिक थाना स्थित सामाजिक संगठन मुक्तिनाथ फाउण्डेशनले पनि तीजको अवसरमा भोली एक कार्यक्रमको आयोजना गरेको छ । शान्तिनगर स्कूलमा भोली ११ बजेदेखि शुरु हुने उक्त कार्यक्रममा संस्थाभित्रकै महिला दिदीबहिनीहरु एकत्रित भएर तीज मनाउन लागेको फाउण्डेशनका महासचिव तुल्सीराम घिमिरेले नेपाल दर्पणलाई बताएका छन ।

विदेशमा बसेका महिला दिदी–बहिनीहरुले आफ्नो माइतीको अभाव महसुस नगरुन र तीज गीत तथा अन्य लोकप्रिय गीतहरुमा नृत्य गरेर खुशीयाली साटासाट गरुन भन्ने उद्देश्यका लागि तीज विशेष कार्यक्रम कार्यक्रम आयोजना गरिएको घिमिरेले थपे । स्मरण रहोस, फाउण्डेशनले समय–समयमा विभिन्न सामाजिक कार्यसमेत गर्दै आइरहेको छ । भर्खरै एक वर्षअघि मात्रै गठन भएको फाउण्डेशनले आवश्यक परेको बेला विभिन्न क्षेत्रमा आफ्ना सहयोगी हात अघि बढाउदै आएको छ भने भविष्यमा सामाजिक क्षेत्रमा आफ्नो बलियो उपस्थिती बनाउनका लागि विभिन्न कार्यक्रमहरु अगाडी सार्दै नेपाली समुदायलाई अग्र स्थानमा ल्याउन प्रतिबंध रहेको पनि घिमिरेले नेपाल दर्पणलाई बताएका छन ।

आफुले गरेका विभिन्न कामहरुलाई सार्वजनिक गर्न नचाहने फाउण्डेशनले विगतमा अप्ठेरोमा परेका व्यक्तिहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको र भविष्यमा नेपाली कला तथा सँस्कृतिको जर्गेना गर्दै, असायाय तथा दिनदुखीहरुलाई सहयोग गर्ने, शिक्षा तथा मेडिकल क्षेत्रमा सकेको योगदान गर्ने लक्ष्य बोकेको महासचिव घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *