उत्तराखण्डमा आएको बाढी–पहिरोमा परी २६ जना नेपाली बेपत्ता


नेपाल दर्पण, काठमाण्डौं ।
भारतमा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली बेपत्ता भएको पुष्टि भएको छ । भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा आएको बाढीमा परी बेपत्ता भएका हुन । नयाँ दिल्लीस्थित नेपाली दूतावासले बेपत्ता हुनेहरूको नामावली सार्वजनिक गर्दै साउन २० र २१ गतेको बाढी पहिरोमा परी २६ जना बेपत्ता भएको जानकारी दिएको छ । जसमा उत्तरकाशीमा २१ जना र पौडी गढवालमा पाँच जना रहेको दूतावासको भनाइ छ ।
उत्तरकाशीमा जनकबहादुर शाही, रवि सिंह (२४ वर्ष), करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दीपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह (१८ वर्ष) र रामबहादुर हराइरहेका छन् । त्यस्तै पौडी गढवालमा नरेन्द्र खड्का, अमृता परियार, रोमन खड्का, सन्ध्या खड्का र विमल विक हराइरहेका दूतावासले जनाएको छ ।