एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं ।

सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का छेप्टाको एक परिवार कसैलाई पनि जानकारी नदिई सम्पर्कविहीन भएको हो । सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, उर्मिला हायुको परिवार पालेका कुखुरा, बाख्रा, भैँसी अलपत्र छाडेर सम्पर्कविहीन बनेको हो ।

ञप्रहरीका अनुसार, १८ जनाको परिवारका दुईजना भने काठमाडौं रहेको खुलेको छ । एसपी सुवेदीका अनुसार, केही दिनअघिमात्रै भत्ता बुझेकी उर्मिला हायुको परिवार घर छाडेर अन्यत्र गएको आशंका छ । उनले भने, ‘‘बाढी, पहिरो वा अन्य कुनै कारणले होइन । तर, घर छाडेर अन्यत्र गएकोजस्तो देखिन्छ । हामी खोजिरहेका छौँ ।’’

प्रहरीले उर्मिलाको परिवार रामेछाप पुगेको आशंका गरेको छ । १६ जनामध्ये एक जनाको नम्बर रामेछापमा सक्रिय भएको खुलेको छ । सिन्धुली प्रहरी र रामेछाप प्रहरीले उनीहरूको खोजी तीव्र पारेका छन् ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

7 hours ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…

1 day ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

2 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

2 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

4 days ago

This website uses cookies.