सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं ।

नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आ.व.को तुलनामा १ खर्ब भन्दा बढीले वृद्धि भएको हो । आर्थिक वर्ष २०८१÷८२ मा १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको तथ्यांकअनुसार १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो । नेपालको वैदेशिक व्यापार घाटा २०८०÷८१ मा १४ खर्ब ४० अर्ब व्यहोरेकोमा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब व्यापार घाटा व्यहोरेको छ ।

अघिल्लो वर्षको तुलनामा यो व्यापारघाटा ६ प्रतिशतले बढेको हो । नेपालले खासगरी, भारत, चीन लगायतका देशहरूसँग ठूलो मात्रामा वैदेशिक व्यापारमा घाटा व्यहोर्दै आएको छ । परनिर्भरताले सीमा नाघ्दा सियोदेखि सुनसम्म नेपालले विदेशबाट आयात गर्दै आएको छ । नेपालले २०८१÷८२ मा २० खर्ब ८ अर्बको वैदेशिक व्यापार गरेको थियो। भन्सार विभागका अनुसार १८ खर्ब ४ अर्बको वस्तु आयात भएको छ । यो आयात अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढेको छ ।

यस्तै, निर्यात वृद्धिले रेकर्ड तोडेको छ । २०८१÷८२ मा नेपालले २ खर्ब ७७ अर्बको वस्तु निर्यात गरेको छ । यो निर्यात अघिल्लो आ.व.को तुलनामा ८१ दशमलव ८० प्रतिशतले बढी हो । अघिल्लो आ.व. २०८०÷८१ मा १ खर्ब ५२ अर्बको मात्रै वस्तु निर्यात गरेको थियो । नेपालले भारततर्फ भटमास र सनफ्लावर तेल निर्यात बढाउँदा वैदेशिक वस्तु निर्यातको तथ्यांक बढेको हो । गत आर्थिक वर्षमा एक खर्ब ६ अर्ब ७९ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

8 hours ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…

1 day ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

2 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

3 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

4 days ago

This website uses cookies.