बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं ।

बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ । वायुसेनाको एफ–७ बीजेआई ट्रेनर विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुल परिसरमा दुर्घटनाग्रस्त भएको हो । उक्त दुर्घटनामा १९ जनाको मृत्यु भएको जनाइएको छ । वायुसेनाले तालिमका लागि प्रयोग हुने विमान दुर्घटनामा परेको पुष्टि गर्दै उक्त विमान उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किएको जनाएको छ ।

प्रमुख सल्लाहकारका विशेष सहायक प्राध्यापक डा. सैदुर रहमानले विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको र कम्तीमा १५० जना घाइते भएको बताएका छन् । घाइते सबैलाई ढाका मेडिकल कलेज नजिकै रहेको राष्ट्रिय बर्न एन्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट, कुर्मिटोला अस्पताल, ढाका मेडिकल कलेज अस्पताल, कम्बाइन्ड मिलिटरी अस्पताल र उत्तरा मोडर्न लगायत विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ ।

माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामलका अनुसार स्कूल बन्द हुने बेलामा यो घटना भएको थियो । “एउटा लडाकु विमान सिधै भवनमा ठोक्किएको थियो । यसले नर्सरी र जुनियर सेक्सनका धेरै कक्षाकोठाहरूमा क्षति गरेको छ । स्कुलको गेट पूर्ण रूपमा ध्वस्त भएको छ भने त्यसमा आगो पनि लागेको छ,” उनले भने ।

इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्ति जारी गर्दै विमान सोमबार दिउँसो १ः०६ बजे उडेको जनाएको छ । उडान भरेको केही समयपछि, विमानले नियन्त्रण गुमाएको थियो र जमिनमा ठोक्किएको थियो । विमान दुर्घटनाको कारण बंगलादेश सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

7 hours ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…

1 day ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

2 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

2 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

4 days ago

This website uses cookies.