नेपाल दर्पण, काठमाण्डौं ।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । यसैगरी,काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड,बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर,बाग्लुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग,नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शनिबार बेलुकादेखि नै मुलुकका विभिन्न भूभागमा सामान्यदेखि भारी वर्षा सुरु भएको छ । मौसमविज्ञहरूले शनिबारदेखि मध्य क्षेत्र हुँदै पश्चिम क्षेत्रतिर भारी वर्षा गराउने प्रणाली सर्दै आएको बताएका छन् । वर्षाका कारण देशैभरीबाट साना ठुला विपद्का खबरहरु सार्वजनिक भइरहेका छन् । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी २८ करोड ९२ लाख ६० हजार बराबर रहेको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न सात बिमा कम्पनीमा सो बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा रु १६ करोड १२ लाख १० हजार बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा रु पाँच करोड २० लाख बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु तीन करोड ४१ लाख ५० हजार बराबरको सातवटा दाबी परेको छ । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो ।
बाढीले डाइभर्सनमा क्षति पु¥याएका कारण अवरुद्ध भएका दुईवटा सडक अस्थायी रुपमा खुलाइएको छ । मध्य पहाडी राजमार्गको पाँचथर खण् र फिदिम याङनाम, फालौट खण्ड आइतबार साँझदेखि सञ्चालनमा आएका हुन् । यी दुई सडक खुलेपनि मेची राजमार्गको हेवा खोला र तमोर करिडोरका नावा खोलाको अवरोध भने यथावत् छ । हेवा खोलाको अवरोध हटाउन दिनभर प्रयत्न गरेपनि पानीको बहाव नघट्दा सम्भव नभएको सडक डिभिजन इलामले बताएको छ ।
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…
नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…
नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…
नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…
नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…
This website uses cookies.