नेपाल दर्पण, काठमाण्डौं ।
झण्डै पारित गर्ने चरणमा पुगेको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ पछिल्लो समय झन अड्किन पुगेको छ । शिक्षा विधेयक पारित गरिसक्नुपर्ने बेला यतिखेर त्यसमाथिको छलफल नै रोकिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई शिक्षा विधेयकको असहमति बुँदामा सहमति जुटाउन असार २२ गते पाँच दिनको समय दिएको थियो तर उक्त समय कटेर ३ दिन बितिसक्दा पनि शिक्षा समिति बैठक बस्न सकेको छैन ।
जेठ ४ गते यता शिक्षामन्त्रीले सहमति जुटाउन भन्दै पटकपटक समय माग गरेका छन् तर हालसम्म सरकारले सहमति जुटाउन सकेको छैन । उनीहरूकै प्रस्तावमा असार १७ गते अनिश्चितकालका लागि शिक्षा विधेयकमाथिको छलफल स्थगित गरिएको थियो ।
यता, नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पारित गर्न ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराएको छ । विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री अग्रगामी शिक्षा ऐन जारी नभए सशक्त आन्दोलनमा उत्रनेसमेत महासंघले चेतावनी दिएको छ । शिक्षा समितिका सदस्यहरूले २२ असारमै शिक्षा विधेयक समितिबाट पारित गर्नुपर्ने मागसँगै अडान लिएका थिए तर शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले त्यसबेला पारित गर्न दिएनन् ।
नेपाल शिक्षक महासंघसँग केही विषयमा सहमति हुन नसकेको भन्दै सहमतिका लागि समय मागे। त्यसपछि समितिले सहमति जुटाउन सरकारलाई समय दिएको थियो । असार १५ गतेभित्र विधेयक प्रतिनिधिसभामा पेश गर्ने सहमति उल्लंघन भएको भन्दै शिक्षक महासंघले अन्सन्तुष्टि जनाएको छ । ‘संसद्को शिक्षा समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरी पारित गराउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा राज्य पक्षप्रतिको आक्रोश, निराशा र अविश्वासको जगमा उठ्ने आन्दोलनले ल्याउन सम्के गम्भीर अवस्थाप्रति सचेत रहन आग्रह गर्दछौं ।’ आन्दोलनको विषयमा उचित समयमा निर्णय जनाइएको छ । विज्ञप्ति जारी गर्नुअघि महासंघको केन्द्रीय समितिको बैठक बसेको थियो ।
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…
नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…
नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…
नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…
नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…
This website uses cookies.