नेपाल दर्पण, काठमाण्डौं ।
नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र खोटाङ सभापति विष्णु राईसहितलाई पार्टीबाट निष्कासित गरेको छ । पाँच सदस्यीय अनुशासन समितिमा तीन सदस्यको बहुमत निर्णयबाट खनाल र राईसहित डा. शेखर निकटका नेताहरूलाई पार्टी सदस्यता नै एक वर्षसम्मका लागि खारेज हुनेगरी निष्कासनको निर्णय भएको हो । गत २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको आधिकारित उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा खनाललाई कांग्रेस केन्द्रीय अनुशासन समितिले कारबाही गरेको हो ।
लुम्बिनीका महामन्त्री खनाललाई निष्कासन गरेको पत्र कांग्रेस लुम्बिनीका प्रदेश सभापति अमरसिंह पुनसमक्ष पुगिसकेको छ । “कारबाहीको विवरण हामी सार्वजनिक गर्नेछौँ । केही पत्र गए, केही जान बाँकी छन्,” केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले भने, “म कार्यालय पुगेर हस्ताक्षर गर्दै छु । तपाईंहरूलाई सबै विवरण प्राप्त हुनेछ । कांग्रेसको अनुशासन समितिमा पनि निर्णय प्रक्रियामा विवाद भएपछि बहुमतबाट निर्णय भएको हो । अनुशासन समितिका सदस्यहरू सञ्जय गौतम र राजीव कोइराला निष्कासनको कारबाहीप्रति विमति राखेका थिए । अन्य दुई सदस्यहरू ध्रुव वाग्ले र ईश्वरी न्यौपानेले निष्कासनको कारबाहीका पक्षमा अडान राखेका थिए ।
यस्तै, नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्कालाई पार्टीबाट निकालेको छ । खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निकालेको हो ।खगत २०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कामाथि कारबाही गरिएको हो । उनीविरुद्ध गण्डकीका सांसद एवं सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको उजुरीमा कारबाही भएको हो । त्यस्तै, पर्साका क्षेत्रीय सभापति अरविन्द गुप्ता पनि पार्टीबाटै एक वर्षका लागि निष्कासित भएका छन् ।
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…
नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…
नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…
नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…
नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…
This website uses cookies.