एसईईको नजिता सार्वजनिक, ६१.८१ % विद्यार्थी पास

नेपाल दर्पण, काठमाण्डौं ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । कूल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेट भएको बताइएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिक गरेका छन् । शर्माका अनुसार, यस वर्ष ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए । ६१.८१ प्रतिशत विद्यार्थी पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

जसमा कोसी प्रदेशमा ४७ हजार ८३५, मधेस प्रदेशमा ५९ हजार ७४९, वाग्मतीमा एक लाख १९ हजार ५१७, गण्डकीमा ४७ हजार ८४९, लुम्बिनीमा ५७ हजार ६८७, कर्णालीमा ४६ हजार ४५५, सुदूरपश्चिम प्रदेशमा ५९ हजार ८०४ जना विद्यार्थी पास भएका छन् । ननग्रेड विद्यार्थीलाई साउनको २९ देखि परीक्षा दिन पाउने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *