०८४ को निर्वाचनमा कांग्रेस-एमालेको नाश हुन्छःअमरेशकुमार

नेपाल दर्पण, काठमाण्डौं ।

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश हुने बताएका छन । उनले ८४ को चुनावमा कांग्रेसले २० सिटपनि नजित्ने ठोकुवा गरेका हन् । यस्तै एमालेले पनि अबको निर्वाचनमा २० सिटपनि नजित्ने उनको ठोकुवा छ ।

उनले आफूजस्तै जनताको बीचमा एक्लै जान शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई खुला चूनौति दिए । देउवा र ओली सुरक्षाकर्मी नलिईकन जनताको बीचमा जान नसक्ने उनको भनाई छ । उनले नेपाली जनताले अबको चुनावमा यी दललाई देखाईदिने चेतावनी दिए ।

उनले जनतामा अहिले चरम निराशा रहनुको कारण चरम बेथिति र भ्रष्टाचार रहेको सुनाए । उनले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेको नाश हुने र दुवै दलको सरकारमा जाने स्थिति नहुने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *