नेपाल दर्पण, काठमाण्डौं ।
सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ । भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग गर्दा सरकारले नटेरेर शक्तिले दबाएको बताएको हो । प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपा सांसद शिव नेपालीले भिजिट भिसामार्फत मानव तस्करी भएको बताए । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति वा न्यायिक आयोगको माग गर्दै रास्वपाले सोमबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । राप्रपाले पनि बैठक बहिस्कार गरेको छ ।
पार्टीको तर्फबाट बोलेका उनले सरकार र मन्त्री फेरिए पनि मानव तस्कर भने संगठित रूपमा अपराध गरिरहेको बताए । ’जनताको मुद्दा उठाउनु अपराध हो ? सरकार फेरिन्छन्, मन्त्री फेरिन्छन् तर मानव तस्कर सधै उन्मुक्त किन हुन्छन् ? मानव तस्करीको जघन्य संगठित र अन्तर्राष्ट्रिय अपराध आज विकराल रुपमा उजागर भएको छ,’ नेपालीले भने, ’भिजिट भिसाको नाममा नेपालीहरूलाई विदेशमा बेच्ने अपराधमात्रै हैन मानवताको घोर अपमान हो ।
यो ¥याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा संचालित देखिन्छ । दुःखको कुरा अपराधीलाई कारबाही गर्नुको सट्टा राज्यले बचाउन खोजिरहेको छ । यस्तो गम्भीर अपराधमा पनि प्रमुख दुई ठूला दलको सरकार किन मौन छ ?’ उच्चस्तरीय संसदीय वा न्यायिक समिति गठनको माग किन बेवास्ता भइरहेको छ ? गृहमन्त्रीले तोकेको नैतिक मापदण्डमा किन आफै असफल हुनुभएको हो ?’ भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने पार्टीको माग राख्दै सांसद नेपालीले थपे, ’सरकारले हाम्रो आवाज दबाएर शक्ति देखाउने खेल खेल्न बन्द गर्नुपर्छ ।’
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…
नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…
नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…
नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…
नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…
This website uses cookies.