तिनकुने घटना राज्य आतङ्कको कारण भएको राप्रपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको दाबी गरेका छ । आज (आइतबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री धवल शमशेरले गत चैत १५ गते तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको दाबी गरेका हुन । यति मात्रै हैन, उनले तीनकुनेमा राज्यको तर्फबाट व्यक्तिको हत्या भएको दाबी समेत गरे ।

नेता जबराले मञ्चमा राष्ट्रिय गान बजिरहेको बेलामा अश्रुग्यास प्रहार भएको बताए । तीनकुनेको दुर्घटना आफूहरुको कारणले नभएको उनको दाबी छ । ‘चैत १५ गते तिनकुनेमा भएको घटना पनि राज्यको आतङ्कले व्यक्तिको हत्या भएको छ, व्यक्ति जलेको छ । घर–घरबाट, माथिमाथिबाट अश्रु ग्यास हानेको छ । मञ्चमा राष्ट्रिय गान बज्दाखेरी त्यहाँ अश्रु ग्यास आएको छ । अहिलेसम्म कति आन्दोलन भयो, हामी सबैले आन्दोलन खेपेका छौं, गरेका छौं, कहिले पनि मञ्चमा अश्रुग्यास आएको थाहा पाएको छ ? त्यहाँ दुर्घटना भएको हामीले होइन, राज्यको आतङ्कले हो,’– उनले भने ।

साथै, तीनकुनेको घटना दुर्गा प्रसाईँको कारण पनि नभएको उनले दाबी गरे । प्रसाईँले निमुखा जनताको सेवा गरेको उनले बताए । ‘दुर्गाजीले पनि निमुखा जनताको सेवा गर्न लाग्नुभएको छ । उहाँले पनि त्यो आतङ्क मच्चाएको होइन । जनता त्यहाँ भड्किएको हो । राज्यले भड्काएर आतङ्क भएको हो । त्यसको लागि हामीले छानविनको माग गरेका छौं । सरकार छानविन गर्न किन डराइरहेको छ ? मैले बुझिनँ,’– उनले भने । तीनकुने घटनाबारे छानविनका लागि आफूहरुले समितिको माग गरिरहेको भए पनि सरकार डराइरहेको उनले बताए ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

13 hours ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…

2 days ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

3 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

3 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

4 days ago

This website uses cookies.