नेपाल दर्पण, काठमाण्डौं ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रिहा भएका छन । काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री शवलशमशेर राणा भने सोमबार साँझ ३ लाख धरौटीमा रिहा भइसकेका छन् । प्राविधिक रूपमा प्रहरीको फरार सूचीमा रहेका मिश्र मंगलबार आफैं अदालत उपस्थित भएका थिए । सोही घटनाका एउटै अभियोग लगाइएका राप्रपाका महामन्त्री धवलशमशेर जबरा पनि सोमबार तीन लाख धरौटीमा छुटेका छन् । तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका योजनाकार मानिएका दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
मिश्र र राणा धरौटीमा छुटे पनि सोही घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईं भने अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा गएका छन् । चैत १५ को आन्दोलन अराजक भएपछि प्रसाईं, धवलशमशेरसहित भागेपछि मिश्र भने फिल्ड कमान्डरका रूपमा उत्रिएका थिए । चैत १५ मै पक्राउ परी काठमाडौं जिल्ला अदालतबाट लगातार म्याद थप भएपछि मिश्र श्रीमती शारिका कार्कीको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको आदेशबाट जेठ २ गते रिहा भएका थिए । रिहा भएपछि उनी प्रहरीसमक्ष हाजिर हुन नजाँदा ५० हजार जरिबाना तिरेका थिए ।
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…
नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…
नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…
नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…
नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…
This website uses cookies.