Categories: प्रमुख

भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने निष्कर्षमा विपक्षी दलहरू

नेपाल दर्पण, काठमाण्डौं ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद्को अवरोध नहटाउने निष्कर्षमा विपक्षी दलहरू पुगेका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले विपक्षी दलहरूले राखेको प्रस्तावमा सत्ताधारी कांग्रेस र एमाले तयार नभएकाले संसद्को अवरोध जारी राख्ने निष्कर्ष निकालेको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार भएको छलफलबारे जानकारी गराएको माओवादीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार प्रचण्डले संसद्को अवरोध हटाउन विपक्षी दलहरूले राखेको प्रस्ताव उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार भए सदन खुलाउन आफू तयार भएको प्रस्ताव राखेका थिए । तर प्रचण्डको प्रस्तावमा देउवा तयार नभएकोबारे उनले बैठकमा ब्रिफिङ गरेका थिए ।

‘भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने हाम्रो अडान कायमै छ । समिति गठन गर्न प्रचण्डले देउवासँग राख्नुभएको प्रस्तावबारे पनि तयार भएको देखिएन । अहिले सत्तापक्षकै नेताहरू छलफलमा होलान् । हाम्रो अडान यथावत रहेको छ’, पाण्डेले भने । विपक्षी दलहरूको निर्णय लिएर उपमहासचिव शक्ति बस्नेतले कांग्रेसका नेताहरूसँग गरिएको छलफल समेत सकारात्मक नभएको पाण्डेले जानकारी दिए ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

13 hours ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…

2 days ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

3 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

3 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

4 days ago

This website uses cookies.