राजावादी आन्दोलनबाट आत्तिएका प्रमुख दल छलफलमा जुटे

नेपाल दर्पण, काठमाण्डौं ।

राजावादी आन्दोलनबाट आत्तिएका प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरूको ज्यादती अब सह्य नहुने चेतावनी दिएका छन् । ओलीले विपक्षी दलले संसद् र सडकमा वितण्डा गरेको बताए । “उहाँहरूलाई सडक पनि चाहिएकै छ, त्यहाँ पनि वितण्डा खडा गर्ने भएको छ । त्यहाँ पनि बाटो जाम गर्ने भएको छ । अनि, जो बोल्छ, जसले अलिकति कुरा गर्दछ, कसैले बोल्यो, आफ्ना माग बोल्यो भने मेरो समर्थन छ भनेर त्यहाँ कुदेर पुग्छ । कोही माइतीघर मण्डलामा आयो अरे भनेको सुनेपछि पुगिहाल्छन् ।”

सोमबार (जेठ १९) नयाँ बानेश्वरमा संसदीय दलको बैठकमा उनले यस्तो चेतावनी दिएका हुन् । यत्ति मात्र हैन, उनले केही नपाएर अब गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको टिप्पणी गरेका छन । गृहमन्त्रीविरुद्ध कुनै तथ्य, प्रमाण नभएको र एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएर सोधेका भरमा राजीनामा मागेर संसद् बैठक अवरुद्ध गर्न नहुनेमा उनले जोड दिए । उनले अगाडि भने, “तपाईंहरू मेन्टल्ली तयार भएर बस्नुस् । यसरी संसद् अवरोध हुँदैन । यसरी संसद् अवरोध चल्दैन यो । जहिले पनि संसद् अवरोध, जहिले पनि संसद् अवरोध ! दुईजना उठ्यो, करायो, हल्ला ग¥यो, संसद् अवरोध ? संसद् अवरोध त्यसरी हुन सक्दैन । उहाँहरू कराउनुहोला, तर संसद् अघि बढाउनुपर्छ । धेरै भयो, उहाँहरूको ज्यादती पनि धेरै भयो । अत्ति नै भयो ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, माओवादी महासचिव देव गुरुङ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला र नेसपा अध्यक्ष महिन्द्र रायद यादव सहभागी छन् । एमाले संसदीय दलको सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले अब विपक्षी दलहरूले विरोध गरेमा पनि संसद्का कामकारबाही अगाडि बढाउनुपर्ने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल माओवादीले भने गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद्रुमा अवरोध कायमै राख्ने जनाएको छ । सिंहदरबारमै सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै राख्ने निर्णय गरेको हो ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

13 hours ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…

2 days ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

3 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

3 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

4 days ago

This website uses cookies.