नेपाल दर्पण, काठमाण्डौं ।
राजसंस्था पुनस्र्थापनाका लागि भन्दै राजतन्त्र समर्थकहरुले आज काठमाडौंमा विशाल प्रर्दशन गरेका छन । काठमाडौंका विभिन्न ठाउँबाट आएको जुलुस शान्तिवाटिकामा भेला हुने क्रम जारी छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, राप्रपा नेपालका अध्यक्ष कमल थापा, प्रकाशचन्द्र लोहनी, केशरबहादुर विष्ट लगायतले विभिन्न ठाउँबाट निस्किएको जुलुसको नेतृत्व गरेका छन् । प्रदर्शनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
‘राजतन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आयोजनामा राजधानीको शान्तिबाटिका क्षेत्रमा बिहीबार दिउँसो २ बजेपछि प्रदर्शन गरिएको हो । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध आजैदेखि अनिश्चितकालसम्म आन्दोलन गर्ने बताउँदै आएको छ । पहिलो दिन राजावादी समूह विभिन्न स्थानबाट ¥याली सुरु गरेर शान्तिबाटिकामा भेला भएका थिए ।
स्मरण रहोस, देशमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । तर, यही गणतन्त्र दिवसको दिन राजावादी समूहले व्यवस्थाकै विरुद्ध राजधानीमा प्रदर्शन गरेर देशमा गणतन्त्र नफापेको बताएका छन । राजावादीहरू छाता र राष्ट्रिय झन्डासहित सडकमा आएका थिए । सो क्रममा उनीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…
नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…
नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…
नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…
नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…
This website uses cookies.