नेपाल दर्पण, काठमाण्डौं ।
जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएइका पूर्वमन्त्री अफताब आलमले सफाइ पाएका छन् । आज उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले जिलाको आदेश उल्ट्याउँदै सफाइ दिएको हो । न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आलमसहित जिल्लाबाट कैद तोकिएका चारै जनालाई सफाइ दिएको हो ।
इजलासले आलमको घरमा ०६४ चैत २७ मा बम विस्फोटको प्रमाण पुष्टि हुन नसकेको ठहर गरेको छ । यस्तै, घाइते भएका भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओशी अख्तरलाई ट्याक्टरमा हाली इँट्टाभट्टामा जलाइएको पनि प्रमाणबाट पुष्टि गर्न वादी पक्षले नसकेको इजलासको ठहर छ ।
हत्या कसुरको मुद्दामा उच्च अदालतबाट आज सफाइ पाएका नेपाली कांग्रेसका नेता पूर्वसांसद मोहम्मद आफताब आलम कारागारबाट छुटेका छन् । अहिले केहीबरे अघि उनलाई परिवारको जिम्मा लगाएर छाडिएको नक्खु कारागारका जेलर भीमराज कोइरालाले जानकारी दिए ।
कांग्रेसका पूर्वसांसदसमेत रहका आलमलाई न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको उच्च अदालत जनकुरको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार दीपक भण्डारीले जानकारी दिए । जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको नरसंहार काण्डको मुद्दामा उनीहरूलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
उनीहरूमाथि इँटाभट्टामा ज्युँदै मानिस पोलेको आरोपमा विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको अभियोग लगाइएको थियो ।
२०६४ चैत २७ गते भएको संविधानसभा निर्वाचनको अघिल्लो दिन घटना भएको थियो । प्रहरी अनुसन्धानले आलमको निर्देशनमा घटना लुकाउ विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरूलाई ट्रयाक्टरमा राखी इँटा भट्टामा लगेर जलाइएको औँल्याएको थियो ।
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
नेपाल दर्पण, काठमाण्डौं । झण्डै पारित गर्ने चरणमा पुगेको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण…
This website uses cookies.