नेपाल दर्पण, काठमाण्डौं ।
राजावादी समूहले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेपछि ओली सरकार यसलाई असफल र विथोल्ने तयारीमा लागेका छन । राजावादीको घोषणापश्चात गणतन्त्रवादी दल एमालेले गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरुले फैलाएका भ्रमहरु चिर्न भन्दै जनप्रदर्शन गर्ने भएको छ । राजावादीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना, सनातन हिन्दू राष्ट्रको स्थापना र संघीयता खारेजीका लागि नवराज सुवेदीको संयोजकत्वमा समिति गठन गरेको छ ।
यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुने दाबी गरेका छन् । अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेकाले यही अवस्था रहे वर्षौंसम्म पनि अनुभूति हुने गरीको परिवर्तन महशुस गर्न नपाउने बताए । युवासँग राप्रपा कार्यक्रममा उकास्दै लिङ्देनले भने,‘देश बिग्रिए केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डको केही नबिग्रने तर युवाहरू भविष्य भने बिग्रने भएकाले युवाहरू नै सचेत भएर अघि बढ्नुपर्छ ।’
राप्रपाले जेठ १५ गतेदेखि देशका विभिन्न भागहरुमा स्वतस्फुर्त जुलुस धर्ना लगायत जनप्रदर्शनहरु गर्न अपिल हुन थालेपछि गणतन्त्रवादीहरु पनि राजावादी आन्दोलनलाई निस्तेज पार्नुपर्ने सार्वजनिक मञ्चबाट धारणा राख्न थालेका छन् ।
पछिल्लो समयमा अन्य नेताको तुलनामा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजावादीप्रति बढी आक्रामक छन ्। यद्यपी, सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि एमाले र सरकारका विरुद्ध भ्रम छरेर प्रचण्डले राजावादीलाई हौस्याउने काम गरिरहेको आरोप एमालेले लगाउँदै आएको छ । एमालेले राजावादीहरूको आन्दोलन रोक्न जेजस्तो गर्नुपर्छ त्यस्तै तयारीमा लाग्नसमेत निर्देशन दिएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिएका छन् । उनले भने, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा एमालेको नियन्त्रण हुनुपर्छ समेत भन्न भ्याएका छन ।
यता अर्का गणतन्त्रवादी नेता प्रचण्डले पनि राजावादी आन्दोलनलाई निस्तेज पार्नका माओवादीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै आएका छन् । प्रचण्डले आउने दिनमा पनि वितण्डा मच्चिन सक्ने भएकाले राजावादी र प्रतिगामीहरूलाई खबरदारी गर्ने जिम्मेवारी सबैको भएको उल्लेख गरे । कांग्रेसले पनि राजावादीहरूले जेठ १५ मा गर्न लागेको आन्दोलनलक्षित गर्दै संविधानको विरुद्धमा जाने कुरा ठिक नभएको बताएको छ ।
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…
नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…
नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…
नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…
नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…
This website uses cookies.