भारतमा कोरोना संक्रमित बढ्दै, नेपाल उच्च जोखिममा

नेपाल दर्पण, काठमाण्डौं ।

भारतमा पछिल्लो पटक फेरि कोरोना (कोभिड–१९) फैलिँदै गएको पाइएको छ । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा पनि खुला सीमा नाकाका कारण जोखिम बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा कोरोनाको संक्रमण बढी सकेपछि खुला नाकाका कारणले गर्दा नेपालमा पनि जोखिम बढेको बताए । भारतमा धेरै मात्रमा संक्रमण नदेखिएको उनले बताए ।

प्रवक्ता बुढाथोकीले भारतमा कोरोना मात्रै नभइ कुनै पनि संक्रामक रोग फैलिसकेपछि नेपालमा ढिलोमा दुई हप्तामा संक्रमण आइसक्ने आकलन रहेको बताए । भारतमा पछिल्लो समय संक्रमण बढेको देखिएपछि मन्त्रालयले पनि त्यही अनुसार पूर्वतयारी गरिरहेको उनले बताए। उनले खुला नाका र हवाई नाकाको डेस्कमा रहेका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए । उनले नेपालीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए । उनले भीडभाडमा नजान, मास्क लगाउन, साबुन पानीले हात धुन, हात मिलाउनुको सट्टा नमस्कार गर्न सुझाव दिएका छन् । यसले गर्दा कोरोना मात्रै नभइ श्वासप्रश्वास र जनसम्पर्कबाट सर्ने रोगबाट पनि बच्न सकिने बताए ।

प्रवक्ता बुढाथोकीले नेपालका प्रायः सबैले कोरोना खोप लगाइसकेकाले अहिलेको कोरोना भेरिएन्टबाट बच्न सकिने बताए । नयाँ भेरिएन्टलाई खोपले काम गर्ने भएकाले खोप लगाइसकेकाले आत्तिनु नपर्ने उनले बताए । तर, ज्येष्ठ नागरिक, बालबालिका, प्रतिरोधात्मक क्षमता कम भएकालाई संकमणबाट जोगाउनुपर्ने उनले बताए । नाका नजिक रहेका अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु अस्पताललाई पनि तयार अवस्थामा रहन भनेको बताए ।

प्रवक्ता बुढाथोकीले भारतमा देखिएको कोरोना संक्रमण घातक नभएकाले आत्तिइहाल्नुपर्ने स्थिति नरहेको बताए। तर सजक भने रहनुपर्ने उनले बताए । भारतबाट सीमा नाका हुँदै नेपाल आउनेहरूलाई नियमित परीक्षण गराउने काम भइरहेको प्रवक्ता बुढाथोकीले बताए ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

5 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.