निशुल्क सेवा नलिनु, अमृतमा पनि मिसिएको जहर हुन्छ।
सङ्घर्ष त एक्लै गर्नु पर्छ, सफलतामा मान्छेको लहर हुन्छ।।
जिन्दगीका परिभाषा अनेक छन् यहाँ, कुनै पनि एक छैन।
ढुक्क हुनुहोस्, हरिको व्यवहारमा कसैप्रति विभेद छैन।।
गन्तव्य सबैको एक नै हो, बाटो फरक होला यहाँ।
अजम्बरी यहाँ को नै छ, जानुपर्ने छ सबैलाई नै त्यहाँ।।
जसरी कोदो रोपि धान, कदापि फल्दैन यहाँ।
दुष्कर्मको परिणाम पनि टालेर, कदापि टल्दैन यहाँ।।
सूर्यलाई बादलले, सचलाई झूटले, छेकेर कहिल्यै नै छेकियो।
अराएको बुद्धि, भरेको खर्च, कसलाई नै प्रयाप्त देखियो।।
हुन्छ, रातपछि सुनौलो बिहानी, पतझडपछि हरियो बहार।
यात्रा कठिन नै सही, तर गन्तव्य नजिकै छ, नमान्नु है हार।।
निशुल्क सेवा नलिनु, अमृतमा पनि मिसिएको जहर हुन्छ।
सङ्घर्ष त एक्लै गर्नु पर्छ, सफलतामा मान्छेको लहर हुन्छ।।
पुर्षोत्तम बस्याल
गल्याङ नगरपालिका, मालुङा १, स्याङजा ।
हाल मुम्बई । मोंः ९१ ७०२१९ ०२११४
नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
This website uses cookies.